back
CTIZAN AD

कांग्रेस नेता सञ्जय गौतमको अमेरिकामा स्वागत

वि.सं.२०७६ असार ३१ मंगलवार

744 

shares

नेपाली कांग्रेसका नेता, सांसद, नेका बर्दीयाका सभापति तथा पुर्व मन्त्री सजंय गौतमलाई नेपाली कांग्रेसका पुर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित गिरिजाप्रसाद कोइराला फाउण्डेशन, अमेरिका शाखाले स्वागत गरेको छ ।

फाउण्डेसनले न्युयोर्कको आफ्नै कार्यालयमा जुलाइ १४ को बेलुकी स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको थियो।

फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले खादा लगाइ स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका गौतमले अग्रज एतिहासिक आदर्णीय नेताहरु क्रमशः शुवर्ण शम्सेर, विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिहं, कृष्णप्रसाद भट्टराइ, भिम बाहादुर तामाङ्ग, महेन्द्र नारायण निधी, गीरीजा प्रसाद कोइराला, शैलजा आचार्य र सुशील कोइरालाका तस्वीरहरु अनावरण गरेर भेटघाट र बिचार बिमर्श कार्यक्रमको सुरुवात गरेका थिए ।

कार्यक्रममा बिषेश अतिथिका रुपमा पुर्व सांसद र पुर्व सचेतक डा शोभाकर पराजुली थिए भने अरु आमन्त्रीत अतिथिहरुमा वरिष्ठ अधिभक्ता शैलेन्द्र दाहाल, कानुनविद तथा यसै फाउण्डेशनका कानुनी सल्लाहकार गीरीजा गौतम,कानुनविद तथा गीरीजा प्रसाद कोइराला फाउण्डेशन केन्द्रीय (नेपाल)का कानुनी सल्लाहकार शिखर पण्डित र नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय समितिका उपाध्यक्ष एवं नेपाली काँग्रेस धादिङ्का कोशाध्यक्ष बाबुकृष्ण सापकोटाहरुलार्इ खादा लगाइ फाउण्डेशनका अध्यक्षले स्वागत गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य दिनेहरुमा क्रमशः वरिष्ठ अधिभक्ता शैलेन्द्र दाहाल, कानुनविदद्वय गीरीजा गौतम र शिखर पण्डित, डाक्टर गोविन्द कोइराला, बाबुकृष्ण सापकोटा, सुर्य लम्साल थिए ।

सो अवसरमा फाउण्डेशनका उपाध्यक्ष शुवर्ण लामा, केन्द्रीय सदस्य द्वोय श्याम कार्की र प्रेम पौडेल, बन्दना कोइराला, अधिकारकर्मी गुणराज प्याकुरेल, कोपिला देवकोटा, ने वि सघं अमेरिका र क्यानडाका संस्थापक महासचिव दोर्जे शेर्पा, बिक्रम आत्रेय, सरोजा गौतम, शान लम्सालको उपस्थिति रहेको थियो। डाक्टर गोविन्द कोइरालाले गीरीजा वावुको सम्झनामा मार्मीक कविता वाचन गरेका थिए ।

बिषेश अतिथि नेपाली काग्रेसका नेता, पुर्व सांसद र पुर्व सचेतक डा शोभाकर पराजुलीले गीरीजा वावुले राष्ट्रको हितको लागि निर्भीक र निडरका साथ निर्णय गरेको इतीहास स्मरण गराउदै ‘आज देशमा उहाँ जस्तो नेताको खाँचो छ’ भने । नेता पराजुलीले गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरीका को कार्यलयलको पुस्तकालयका लागी ४० थान किताव ‘प्रजातान्त्रिक समाजवाद’ उनले आफैले लेखेको पुस्तक र आदरणीय नेताज्युहरुको तस्वीर तथा वि पी वावुले लेखेको इतिहासीक पुस्तकहरु उपहार प्रदान गरे ।

प्रमुख अतिथि गौतमले, अब हामी सबै कांग्रेस्सीहरु देश या विदेशमा गिरीजा वावु कै मुलमन्त्र सहकार्य, सहमति र एकता नै अङ्गीकार गरेर अघि बढन आग्रह गरे । साथै अब नेपाली कांग्रेस विधि विधान अनुसार अघि बढेमात्र पार्टी को भविष्य राम्रो हुने धारणा राखेका थिए ।
अध्यक्ष सोमनाथ घिमीरेले प्रमुख अतिथि सजंय गौतमलार्इ मायाको चिनो स्टेटु अफ लिबर्टी को ताम्रपत्र उपहार प्रधान गरे ।

अन्त्यमा यसै फाउण्डेशनका केन्द्रीय सदस्य बिष्णु सिंह बैजुले गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका शाखाको तर्फ़ बाट उपस्थित महानुभावहरुलाई धन्यवाद प्रकट गरे ।
गीरीजा कोइराला फाउण्डेशन अमेरीकाका अध्यक्ष सोमनाथ घिमीरेले नेपाल र विदेशी मुलुकको सम्बन्ध राम्रो बनाउन फाउण्डेशनले पुलको काम गर्नेछ र नेपालको शिक्षा, स्वास्थ्य, पर्यटनको विकासका लागि फाउण्डेशनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

वि.सं.२०७६ असार ३१ मंगलवार १८:३२ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...