Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

‘५० हजार कमाउन ५ लाख खर्च गरेर सिसेल्स नआउनुहोस्’



चितवन रत्ननगर नगरपालिका वडा नं ८ का रामप्रसाद पन्त ७ वर्षदेखि पूर्वी अफ्रीकी देश सिसेल्समा कार्यरत छन् । नेपाल आर्मीको १२ वर्षे जागिर, ७ वर्षको अफगानिस्तान बसाईपछि उनी सन् २०१२ मा सिसेल्स पुगेका हुन् । हाल उनी त्यहाँ सिसेल्स प्रहरीको लागू औषध ओसार–पसार नियन्त्रण ब्यूरोमा कार्यरत छन् । सिसेल्स नेपाली कामदारका लागि राम्रो रोजगारीकोे अवसर रहेको देश भएको बताउँछन् पन्त । तर, पछिल्लोपटक दलालहरूका कारण धेरै नेपालीहरू समस्यामा परेको उनको ठहर छ ।
२०१८ सेप्टेम्बरमा गठन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सको अध्यक्ष समेत रहेका उनै पन्तसँग ऐक्यबद्धताले गरेको कुराकानी ।

सिसेल्स कस्तो देश हो बताइदिनुहोस् न ?
सिसेल्स एउटा टापुको देश हो । यहाँको जनसंख्या ९० हजारको हाराहारीमा छ । यहाँको आर्थिक आयश्रोत पर्यटन, होटललगायतका रहेका छन् ।

त्यहाँ कति नेपाली हुनुहुन्छ र रोजगारीको सम्भावना के–के छन् ?
यहाँ झण्डै १५ सयको हाराहारीमा नेपाली कार्यरत छौं । झण्डै १ सयको हाराहारीमा महिलाहरू हुनुहुन्छ । उहाँहरू क्यासिनो लगायतका क्षेत्रमा कार्यरत हुनुहुन्छ । अनि खुसी पनि हुनुुहुन्छ । त्यस्तै नेपालीहरूका लागि रोजगारीका क्षेत्र भनेको पर्यटन तथा होटल क्षेत्र हो । यहाँ जेल गार्ड र प्रहरीमा २०० भन्दा बढी नेपाली छौं । अरु होटल लाइन लगायतका विभिन्न क्षेत्रमा हुनुहन्छ । यहाँ न्यूनतम ५ सय र बढीमा २२ सय डलरसम्म कमाई हुन्छ । रोजगारीको पनि सम्भावना धेरै छ तर सरकारदेखि सरकारसँगको सम्बन्ध भएमा नेपालीहरूका लागि धेरै सम्भावना छ ।

सिसेल्समा नेपालीका समस्याहरू के–के छन ?
यहाँ धेरै नेपाली छैनौं । त्यसकारण पनि समस्याहरू कम छन् । तर पासपोर्ट लगायतका समस्या त छँदैछन् । अर्कोकुरा सिसेल्स लैजान्छु भनेर बाटोमा हिड्ने मान्छेले ५ देखि ६ लाख सम्म उठाएको सुनिन्छ । यहाँ आउनका लागि एक रुपैयाँ पनि तिर्नु पर्दैन् । तर, दलालहरूले लोभ देखाएर त्यत्रो पैसा तिरेर नेपालीलाई यहाँ पठाएका छन् । २ वर्षको सम्झौता हुन्छ । आउँदा लिएको ऋण तिर्दातिर्दै १ वर्ष जान्छ अनि घरमा के लिएर जाने ल भन्नुस् त ! जाँगर गर्ने हो भने नेपालमा नै ५० हजार कमाउने स्थिति छ । तर, नबुझी नआउन साथीहरूलाई अनुरोध गर्दछु ।

एनआरएनएको अध्यक्ष पनि हुनुुहुन्छ, संस्थाले के–के काम गरिरहेको छ ?
हुनत एनआरएनएको अध्यक्ष नहुँदा पनि सामाजिक अभियन्ताको रुपमा यहाँका नेपालीको समस्यामा काम गरिरहेको थिएँ । २०१८ सेप्टेम्बरमा म यहाँ आउँदा दुई–तीनसयको हाराहारीमा नेपाली थियौं ।

नेपालीको व्यवसाय पनि छ कि ?
आफ्नै नाममा छैन । यहाँका नागरिकसँग मिलेर स–सानो व्यवसायमा लगानी गर्नुभएको छ । अब कृषि पर्यटन लगायतका क्षेत्रमा व्यवसाय गर्नका लागि साथीहरू अगाडि बढ्नुभएको छ । समग्रमा राम्रो छ ।

अहिले के गर्दै हुनुहुन्छ ?
एनआरएनए गठनपश्चात नेपालीहरूका पासपोर्ट लगायतका विभिन्न समस्यामा सहयोग गरिरहेका छौं । तर, यहाँ दूतावासको आवश्यकता भएको हामीले महशुस गरेको छु । त्यो नभए पनि कन्सुलेटको व्यवस्था भइदिएमा यहाँ आइपर्ने कानुनी समस्या सल्टाउनका लागि सहज हुने थियो । यसका बारेमा परराष्ट्रमन्त्री र श्रममन्त्रीसँग पनि कुरा गरिसकेको छु । तर, सुनुवाइ नभएको जस्तो लाग्छ ।

भर्खरमात्र नेपाली साथीको मृत्यु भएछ, के कारणले
होला ?

यो राम्रो देश हो । अन्य समस्या छैन । तर, कावासोती नगरपालिका १३ का एकजना साथीलाई अचानक त्यस्तो समस्या देखियो । उहाँलाई मुसाबाट सर्ने Complicated leptospirosis भाइरसले समातेको पोस्टमार्टम रिपोर्टमा देखिएको छ । उहाँको शब नेपाल लैजान नमिल्ने भएर हामीले यहि दाहसंस्कार ग¥र्यौ । यहाँ पहिले वालिङका महेशकुमार श्रेष्ठको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । यस्तो समस्याले मृत्यु हुने गुरुङ पहिलो हुन् भने सिसेल्समा मृत्यु हुने नेपालीमा दोश्रो हुन् ।

तपाईहरूले जनचेतना जगाउने काम गर्नुभएको छैन ?
गरेका छौं । यहाँ लामखुट्टेको टोकाई, मुसा लगायतबाट बच्न अति जरुरी छ । गुरुङजीको मृत्यु भएपछि हामी सचेत भएका छौं । साथीहरू बस्ने ठाउँमा कम्पनीले औषधि स्प्रे गरेको भए राम्रै भयो । नभए आफूहरू बस्ने ठाउँमा साथीहरू मिलेर औषधि किनेर स्प्रे गर्नुप¥र्योे । भान्सामा खानेकुराहरू सुरक्षित तरिकाले राख्ने । पकाएको खानेकुराहरू राम्रोसँग छोपेर राख्नुपर्ने लगायतका सामान्य कुराहरूमा ध्यान दिन जरुरी रहेको छ ।

अन्त्यमा केही भन्नु छ कि ?
रोजगारीका लागि विदेश जाने साथीहरूले जहाँ पुगेपनि त्यो देशको बारेमा अनि रोजगारीका बारेमा बुझ्न जरुरी छ । त्यो मुलुकमा कामको कुरो लिगल या इलिगल छ भनेर बुझ्ने । तेश्रो मुलुकबाट जाँदा जोखिममा पर्दा बिमा लगायतका क्षतिपूर्तिहरू पनि गुम्ने हुन्छ । त्यसैले बाटोमा हिड्ने मान्छेले विभिन्न देश लैजान्छु, त्यहाँ मेरा मान्छे छन् भन्नेको पछि नलागेर आफूले बुझेर रोजगारीका लागि जानु राम्रो हुन्छ । यहाँ ५० हजार कमाउन ऋण खोजेर र घरबार बेचेर ५ लाख बढी पैसा खर्च गरेर नआउन अनुरोध गर्दछु ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ