back

परियारको हत्या अभियोगमा ४ पक्राउ

वि.सं.२०७६ साउन १ बुधवार

411 

shares
GLOBAL IME AD
NTC AD

१ साउन, कास्की । पोखरा महानगरपालिका–१५ कान्तिपुर चोक बस्ने २७ वर्षीया लक्ष्मी परियार नेपालीको हत्या गरेको अभियोगमा ४ जनालाई विभिन्न मितिमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१५ कान्तीपुर चोक बस्ने ३५ वर्षीय रमेश नेपाली, पोखरा महानगरपालिका–९ महेन्द्रपुल बस्ने भोजपुर, भोजपुर नगरपालिका–५ बैंकरोडका ३२ वर्षीय संजय शर्मा, पोखरा महानगरपालिका–८ पृथ्वीचोक बस्ने सर्लाही ईश्वरपुर नगरपालिका(३ तीनघरियाका २६ वर्षीय चित रञ्जन कुमार साह र गोरखा गण्डकी गाउँपालिका–७ घ्यालचोक बस्ने १९ वर्षीया अनु परियार रहेका छन् ।

गत असार १ गतेदेखि हराइरहेकी लक्ष्मीको पोखरा महानगरपालिका–२२ कर्कले जंगलमा असार २५ गते शव फेला परेको सम्बन्धमा मृतककै श्रीमान रमेश नेपालीको प्रत्यक्ष संलग्नतामा रहेको अनुसन्धानबाट खुल्न आएको छ । रमेश र साली नाता पर्ने अनु परियारसँग सम्बन्ध रहेको कुरा बाहिर ल्याएको र बदनाम भएकोले लक्ष्मीलाई मार्ने योजना अनुसार अभियुक्तहरुको संलग्नतामा उनको हत्या गरी शव उक्त ठाउँमा फालेको खुल्न आएको छ ।

घटनामा संलग्न हाल नाम थर नखुलेका भारत वतन भएका ३ जनाको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

वि.सं.२०७६ साउन १ बुधवार १८:१४ मा प्रकाशित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैन : मुख्यमन्त्री पाण्डे

निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैन : मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्रसँगको सहकार्यविना...

अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ : अध्यक्ष ढकाल

अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ : अध्यक्ष ढकाल

म्याग्दी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले...

मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी

मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी

दमौली (तनहुँ) । तनहुँ कारागारमा रहेका कैदीबन्दीले मुढा बिक्री गरेर...

आगन्तुकको रोजाइमा स्थानीय उत्पादन भांगोदेखि गुन्द्रुकसम्म

आगन्तुकको रोजाइमा स्थानीय उत्पादन भांगोदेखि गुन्द्रुकसम्म

गलकोट (बागलुङ) । बागलुङलाई गन्तव्य बनाएर अवलोकन भ्रमणमा आउने पर्यटकको...

हलगोरु पाल्ने १८ जना किसानलाई सम्मान

हलगोरु पाल्ने १८ जना किसानलाई सम्मान

अर्घाखाँची । यहाँको सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई...