२ साउन, काठमाडौँ । लामो किचलोपछि विभिन्न १४ एजेन्डा तय गर्दै सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक नियमावली मस्यौदाका केही विषयमा नै अड्किएको छ । २२ असारबाट सुरु केन्द्रीय समितिको बैठकमा नियमावली मस्यौदा समितिले बनाएको मस्यौदाको विषयलाई लिएर फेरि किचलो सुरु भएको हो । नियमावलीमा राखिएका कतिपय प्रावधानलाई कांग्रेसभित्रको संसथापन पक्षबाहेक इतर पक्षले रुचाएका छैनन् । यसकारण, केन्द्रीय समिति बैठकमा नियमावलीलाई अन्तिम रुप नदिईकनै थप छलफलपछि टुंगो लगाउने भन्दै थन्काइएको छ । नियमावलीमा समावेश पार्टीका सक्रिय सदस्यबाट लिइने लेबीका विषय , पार्टीको नीति तथा भ्रातृ संगठनसहितका केही विषयमा कांग्रेसभित्र संस्थापन र इतर समूहबीच मतभेद देखिएको हो । बिहीबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ साउन २ बिहीवार ०७:३२ मा प्रकाशित





























