back
CTIZAN AD

थापालाई साधना लाइफटाइम अचिभमेन्ट, पोखरेल, लुइँटेल र समर्पणलाई साधना संगीत पत्रकारिता पुरस्कार

वि.सं.२०७६ साउन २ बिहीवार

723 

shares

२ साउन , काठमाडौं । आगामी साउन ६ गते सोमबारको दिन साधना म्यूजिक अवार्ड २०७६ सम्पन्न हुने साधना म्यूजिक अवार्ड २०७६ को अवसरमा प्रतिष्ठित गायिका तीर्थ कुमारी थापालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।

सामना म्यूजिक क्रियशनको आयोजनामा पहिलोपटक हुन गइरहेको साधना म्यूजिक अवार्ड २०७६ मा प्रमुख अतिथि नेपाल सरकारका खानेपानी मन्त्री माविना मगरको हातबाट प्रदान गरिने आयोजक संस्थाको अध्यक्ष सामना शाहले जनाएकी छन् । प्रतिष्ठित गायिका थापालाई नगद राशिसहित लाइफटाइम अचिभमेन्ट अवार्ड अर्पण गर्न लागिएको अवार्डका सदस्य सचिव गोकर्ण लामिछानेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत् जनाइएको छ ।

त्यसैगरी गीतसंगीत क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आएका म्यूजिक खबरका सम्पादक सविता पोखरेल, राष्ट्रखबरका पत्रकार राज लुइँटेल र रेडियो नेपालका संचारकर्मी क्षितिज समर्पणलाई ‘साधना संगीत पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।

त्यसैगरी अवार्डमा नेपाली गीतसंगीत क्षेत्रमा विशेष योगदान दिएका विशिष्ट कला साधकलाई ‘साधना विशेष सम्मान’ समेत प्रदान गरिने सदस्य सचिव लामिछानेले बताए ।

कार्यक्रममा लोक, आधुनिक, राष्ट्रिय भाव, चलचित्र लगायतका नेपाली गीतसंगीतका विविध ३८ विधामा अवार्ड प्रदान गरिने भएको छ । कार्यक्रम राष्ट्रिय सभागृह भृकुटीमण्डमा आगामी असार ६ गते सोमबार दिउँसो १ बजेबाट संचालन हुने सदस्य सचिव लामिछानेले जानकारी दिए ।

वि.सं.२०७६ साउन २ बिहीवार ११:०४ मा प्रकाशित

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...