back
CTIZAN AD

उच्चका अठहत्तर र जिल्लाका एकसय छपन्न न्यायाधीशको सरुवा

वि.सं.२०७६ साउन २ बिहीवार

936 

shares

२ साउन, काठमाण्डौं । न्याय परिषद्ले उच्च अदालतका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवाका लागि सिफारिश गरेको छ । परिषद्को आज बसेको बैठकले एक कार्यक्षेत्रमा दुई वर्ष पुगेका न्यायाधीशहरूलाई अर्को अदालतमा सरुवा लागि सिफारिश गर्ने निर्णय गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको अध्यक्षमा बसेको परिषद्को बैठकले नयाँ आर्थिक वर्ष शुरु भएलगत्तै सो न्यायाधीशहरुको सरुवाका लागि सिफारिश गरेको हो । न्याय परिषद्को सिफारिशमा प्रधानन्यायाधीशले नियुक्ति गर्ने कानूनी व्यवस्था रहेको छ ।


विशेष अदालतमा अध्यक्षसहित पाँच सदस्य तोक्न परामर्श दिने
न्याय परिषद्ले विशेष अदालतमा अध्यक्षसहित पाँच सदस्यहरु तोक्नका लागि परामर्श दिने निर्णय गरेको छ । विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीशहरुलाई तोक्न परामर्श गर्ने निर्णय गरेको हो ।

विशेष अदालतको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश शिवराज अधिकारी, सदस्यहरुमा उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्ण गिरी, उच्च अदालत दिपायलका न्यायाधीश वालेन्द्र रुपाखेती रहेका छन् ।

त्यसैगरी, उच्च अदालत सुर्खेतका न्यायाधीश शान्तिसिंह थापा, उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत विराटनगर इलाम इजलासका न्यायाधीश डा रवि शर्मा अर्याललाई तोक्न परामर्श दिने निर्णय गरेको हो । विशेष अदालतमा अहिले अध्यक्ष र दुई सदस्य गरी तीन जना मात्र न्यायाधीश थिए ।

वि.सं.२०७६ साउन २ बिहीवार १९:०६ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...