Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

यस्तो छ नयाँ घरमा भुतको आतंक देखाइएको चलचित्र ‘घर’



प्रायः हरेक शुक्रबार राजधानीसहित देशभरका फिल्म हलमा नेपाली तथा विदेशी चलचित्रको तीव्र प्रतिस्पर्धा हुने नौलो विषय होइन तर यो शुक्रबारदेखि देशभरका हलमा एकमात्र नेपाली चलचित्र ‘एक्लो घर’ प्रदर्शनीमा आउने भएको छ । घर फिल्म देशका करीब १०० हलमा एक्लो प्रदर्शनी हुने वितरक करण श्रेष्ठले जानकारी दिए ।

एकै दिन धेरै फिल्मको प्रतिस्पर्धा हुँदा निर्माता, वितरक तथा कलाकारलाई समेत घाटा हुने भएकाले यो पटक सरोकार भएका निकायलाई आग्रह गरी एकमात्र फिल्म प्रदर्शनीको व्यवस्था गरिएको उनले उल्लेख गरे । “धेरैपछि एकमात्र ‘सिङ्गल मूभी’ प्रदर्शनी हुँदैछ, त्यसमा पनि विदेशी हिन्दी हैन नेपाली फिल्म । यो चलचित्र उद्योगकै लागि सकारात्मक विषय हो”, उनले भने ।

चलचित्रका लेखक तथा निर्देशक अर्पण थापाले काठमाडौँमा नयाँ घर खरीदपछि त्यहाँ भएको भूतको आतङ्कलाई चलचित्रको विषयवस्तुमा प्रस्तुत गरिएको बताए । काठमाडौँमा राम्रो र सस्तो घर पाएकाले खरीद गरिएको हुन्छ, त्यसपछि उक्त घरमा भूतको आतङ्क सिर्जना हुन्छ सोही विषयवस्तुमा रहेर फिल्मका पात्रलाई उतारिएको छ । घर ‘हरर मूभी’ हो । फिल्मले भूतप्रेतमा विश्वास गरिन्न तर यी वास्तविक जीवनमा पनि मेल खाने हुनाले यस्ता घटना संयोगान्त हुन भन्ने सन्देश प्रवाह गर्ने फिल्ममा नायकको समेत भूमिका निर्वाह गरेका थापाले सुनाए । चलचित्रमा सुरक्षा पन्त, बेनिशा हमाललगायत कलाकारको अभिनय रहेको छ । शर्मिला पाण्डेको लगानी रहेको चलचित्रको डिएस डिजिटलले निर्माण गरेको हो । चलचित्र वितरण रिच इन्टरटेनमेन्टले गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ