back
CTIZAN AD

यस्तो छ नयाँ घरमा भुतको आतंक देखाइएको चलचित्र ‘घर’

वि.सं.२०७६ साउन २ बिहीवार

891 

shares

प्रायः हरेक शुक्रबार राजधानीसहित देशभरका फिल्म हलमा नेपाली तथा विदेशी चलचित्रको तीव्र प्रतिस्पर्धा हुने नौलो विषय होइन तर यो शुक्रबारदेखि देशभरका हलमा एकमात्र नेपाली चलचित्र ‘एक्लो घर’ प्रदर्शनीमा आउने भएको छ । घर फिल्म देशका करीब १०० हलमा एक्लो प्रदर्शनी हुने वितरक करण श्रेष्ठले जानकारी दिए ।

एकै दिन धेरै फिल्मको प्रतिस्पर्धा हुँदा निर्माता, वितरक तथा कलाकारलाई समेत घाटा हुने भएकाले यो पटक सरोकार भएका निकायलाई आग्रह गरी एकमात्र फिल्म प्रदर्शनीको व्यवस्था गरिएको उनले उल्लेख गरे । “धेरैपछि एकमात्र ‘सिङ्गल मूभी’ प्रदर्शनी हुँदैछ, त्यसमा पनि विदेशी हिन्दी हैन नेपाली फिल्म । यो चलचित्र उद्योगकै लागि सकारात्मक विषय हो”, उनले भने ।

चलचित्रका लेखक तथा निर्देशक अर्पण थापाले काठमाडौँमा नयाँ घर खरीदपछि त्यहाँ भएको भूतको आतङ्कलाई चलचित्रको विषयवस्तुमा प्रस्तुत गरिएको बताए । काठमाडौँमा राम्रो र सस्तो घर पाएकाले खरीद गरिएको हुन्छ, त्यसपछि उक्त घरमा भूतको आतङ्क सिर्जना हुन्छ सोही विषयवस्तुमा रहेर फिल्मका पात्रलाई उतारिएको छ । घर ‘हरर मूभी’ हो । फिल्मले भूतप्रेतमा विश्वास गरिन्न तर यी वास्तविक जीवनमा पनि मेल खाने हुनाले यस्ता घटना संयोगान्त हुन भन्ने सन्देश प्रवाह गर्ने फिल्ममा नायकको समेत भूमिका निर्वाह गरेका थापाले सुनाए । चलचित्रमा सुरक्षा पन्त, बेनिशा हमाललगायत कलाकारको अभिनय रहेको छ । शर्मिला पाण्डेको लगानी रहेको चलचित्रको डिएस डिजिटलले निर्माण गरेको हो । चलचित्र वितरण रिच इन्टरटेनमेन्टले गरेको छ ।

वि.सं.२०७६ साउन २ बिहीवार १९:१८ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...