back
CTIZAN AD

धनगढीमा बम विष्फोट, पाँच घाईते, दुईको अवस्था गम्भीर

वि.सं.२०७६ साउन २ बिहीवार

1K 

shares

२ साउन, काठमाण्डौं । कैलालीको धनगढीमा बम विष्फोट हुँदा ५ जना घाईते भएका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका ३ सहिद गेटमा विष्फोट हुँदा ५ जना घाईते भएको बताइएको छ ।

सहिद गेटमा रहेको होटल निलममा विहिबार बेलुका पौने सातबजे भएको उक्त बम विष्फोटमा परि बझाङका राम सिंह, धनगढी ४ बोराडाडीका केशवराज पाण्डे, कन्चनपुर बेलौरी ५ का लक्ष्मण सेरला, मोबिन खान र जितेन्द्र यादव रहेको जिल्ला प्रहरीका कार्यालय धनगढीले जनाएको छ ।
घाईते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय महामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

धनगढी प्रहरी कार्यालयका डिएसपी तथा प्रवक्ता दक्ष कुमार बस्नेतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा सानो टिफिन बक्समा रहेको बम पड्किएको पाइएको छ । ‘बम कसले पड्काएको भन्ने खुल्न सकेको छैन । अनुसन्धान भइरहेका छ’ डिएसपी बस्नेतले संसारन्युजलाई बताए ।

उनका अनुसार सोहि होटलमा खाजा खान गएकाहरु विस्फोटमा परेका हुन् । बम उनीहरुसँगै थियो वा अरुले पड्काएको हो भन्ने अनुसन्धान भइरहेको पनि डिएसपी बस्नेतले बताए ।

वि.सं.२०७६ साउन २ बिहीवार २१:१८ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...