back
CTIZAN AD

जग्गा सरकारी, दर्ता निजी, मोही वागमती खोलो

वि.सं.२०७६ साउन ३ शुक्रवार

993 

shares


३ साउन, काठमाडौँ । काठमाडौँ सिनामंगलको ४३ रोपनी ५ आना ३ पैसा सरकारी जग्गा व्यक्तिका नाममा रहेको पाइएको छ । काठमाडौँ मेडिकल कलेज अघिल्तिर पर्ने साबिक कित्ता नं. ३६५ को उक्त जग्गाको विवरण मालपोत कार्यालय डिल्लीबजारको ढड्डाबाट भने गाएब भएको छ ।

सिनामंलको फाँटमा वाग्मती खोला पसेपछि गुठी संस्थानले २०४४ माघ ५ गते त्यसको ४३ रोपनी ५ आना ३ पैसा जग्गा सरकारका नाममा दर्ता गर्ने निर्णय गरेको थियो । त्यसलाई विभिन्न मुद्दा मामिला गरेर नारायणप्रसाद लामिछानेले कब्जामा लिएका थिए । सर्वाेच्च अदालतले ९ वर्षअघि अन्तिम फैसला गर्दै जग्गा सरकारकै नाममा दर्ता गर्न आदेश दिएको थियो । सर्वाेच्चको आदेश कार्यान्वयन नगरिँदा त्यस ठाउँमा अहिले व्यक्तिगत घरैघर छन् ।
मालपोत कार्यालय डिल्लीबजारमा उपलब्ध कित्ता नं. ३६५ को उक्त जग्गाको डिजिटल स्रेस्तामा संस्थाको नाम ‘श्री ५ को सरकार’ लेखिएको छ भने ठेगाना ‘नखुलेको’ भनिएको छ ।

दर्ता नम्बर पनि नरहेको, जारी गर्ने कार्यालयको नाम पनि उल्लेख नभएको र दर्ता मिति पनि नलेखिएको उक्त विद्युतीय मिसिलको तलतिर भने सरकारी जग्गा राजीनामा भई लिखित पारित गरिएको विवरण छ । शुक्रबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ साउन ३ शुक्रवार ०७:१९ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...