Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

मंसिर पहिलो साता उपनिर्वाचनको सम्भावना




३ साउन, काठमाडौँ । निर्वाचन आयोगले कात्तिक मसान्त वा मंसिर पहिलो साताभित्रै रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने तयारी अघि बढाएको छ ।

संघ प्रदेश र स्थानीय तहमा गरी देशभर ४७ स्थानमा जनप्रतिनिधि रिक्त रहेको बताएको आयोगले उपनिर्वाचनका लागि आन्तरिक तयारी अघि बढाएको हो । निर्वाचन ऐनअनुसार नै पनि निर्वाचन सम्पन्न गर्न आयोगलाई कम्तीमा पनि १ सय २० दिन आवश्यक पर्छ ।
सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समेत उपनिर्वाचनलाई प्राथमिकतामा राखेको छ भने प्रधानमन्त्री केपी ओलीले समेत रिक्त स्थानमा छिट्टै निर्वाचन हुने बताउँदै आएको छन् ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कात्तिक मसान्त वा मंसिर पहिलो सातासम्म रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी आयोगले तयारी अघि बढाएको बताए । तर, स्थानीय तहको निर्वाचनका लागि मिति भने आयोगको परामर्शमा सरकारले नै तोक्ने कानुनी व्यवस्था छ । शुक्रबारको राजधानी दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले