Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

फिलिपिन्समा ट्रक दुर्घटना, आठ बालबालिकाको मृत्यु



३ साउन, मनिला । फिलिपिन्समा बालबालिका बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त हुँदा आठ बालबालिका समेत नौ जनाको मृत्यु भएको छ ।
एउटा खेलकुद कार्यक्रममा सहभागी हुन ट्रकमा चढेका उनीहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
ट्रकमा झण्डै ३० जना बालबालिका र उनीहरुका केही अभिभावक एवं शिक्षकहरु चढेका थिए । मध्य फिलिपिन्सको बोल्जून नगर बाहिरको भिरालो सडकमा ट्रकमा ब्रेक नलागेर खोल्सोमा झरेको थियो ।
बोल्जून नगरका मेयर मर्लाउ डेरामाले ट्रक ड्राइभरले ट्रक रोक्न खोजेपनि अनियन्त्रित भई पल्टिएको बताए ।
उनले दुर्घटनामा ११ र १२ वर्षका आठ बालबालिका र एक जना अभिभावकको घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनामा ट्रक चालक भने सकुशल रहेका छन् ।
गत महिना पनि पूर्वी कामारिन सुर प्रान्तको पहाडी इलाकामा ट्रक दुर्घटना हुँदा १३ जनाको ज्यान गएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले