५ साउन, काठमाडौँ । नेपाली कांग्रेसले तयार गरेको पार्टीको संशोधित नियमावलीको विषयमा पार्टीभित्रै विवाद बढिरहेको बेला शुभेच्छुक संस्थाहरुले समेत असन्तुष्टि जनाएका छन् । नियमावली संशोधन मस्यौदा समितिले पेस गरेको ‘नेपाली कांग्रेशको नियमावली २०७६’ माथि पार्टीभित्र संस्थापन पक्ष र इतर पक्षबीच समेत मतभेद छ ।
पर्टीभित्रको विवादकै बीच शुभेच्छुक संस्थाहरुले समेत आफ्ना पक्षमा राखिएका प्रावधान सच्याउन माग गरेका छन् । शुभेच्छुक संस्थाहरुले पूर्ण रुपमा पार्टीबाटै नियन्त्रण गर्ने उद्देश्यले नियमावलीमा प्राधान राखिएको भन्दै १८ शुभेच्छुक संस्थाले आपत्ति जनाएका हुन् ।
उनीहरुले पार्टीबाटै नियन्त्रण गर्ने किसिमका व्यवस्था राखिए शुभेच्छुक संस्थाबाट पनि अलग्गिने चेतावनी कांग्रेस नेतृत्वलाई दिएका छन् । आइतबारको राजधानी दैनिकबाट