५ साउन, दैलेख । जिउँदो व्यत्तिललाई मृत्युको प्रमाणपत्र ! सुन्दा अनौठो लाग्न सक्छ । तर दैलेख भगवतीमाई गाउँपालीकामा यस्तै भएको छ । बृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतीकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसकेको भन्दै प्रमाणपत्र थमाएको छ ।
कर्मचारीको लापरबाहीका कारण जीवित व्यक्तिलाई मृत्युको प्रमाणपत्र दिइएको हो । गत असार १० गते ती दम्पतीलाई गाउँपालीकाले मृत्यु दर्ताको प्रमाणपत्र थमाएको थियो । लेखपढ नगरेका खत्री दम्पतीले उक्त प्रमाणपत्र के को हो भन्ने पत्ता पाएनन् । तर जब आफ्नै मृत्युदर्ताको प्रमाणपत्र भएको थाहा पाए, तब उनीहरु छाँगाबाट खसेजस्तै भए ।
खत्री परिवार केही महिनाअघि बर्दिैया बसाइँ सरेको थियो । बसाइँ सराइँको प्रमाणपत्र नलिएका कारण उनीहरुले वृद्धभत्ता बुझ्न दैलेख पुगेका थिए । । गाउँपालिकाबाट तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर बुढाले मृत्युदर्ताको प्रमाणपत्रमा रुजु गरेका छन् । तर उनको अन्यन्त्रै सरुवा भइसकेको छ । आइतबारको अन्नपूर्ण पोस्टबाट
वि.सं.२०७६ साउन ५ आइतवार ०८:०२ मा प्रकाशित






























