back
CTIZAN AD

तपाईको आजको राशिफल

वि.सं.२०७६ साउन ५ आइतवार

2.2K 

shares

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला।

वृष राशि (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार(व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। सानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ। हिसाबकिताबमा होसियार रहनुहोला। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्य कमजोर हुनाले आँटेको काममा बाधा हुन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। नियमित गरी आएका काम सम्पादन गर्न सकिनेछ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन उत्साहपूर्ण रहनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ भने विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ। मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। रमाइलो यात्राको अवसर आउन सक्छ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने अतिथि–सत्कार प्राप्त हुनेछ। सुमधुर दाम्पत्यले मन प्रफुल्ल रहनेछ।

कन्या राशि (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

तुला राशि (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। सानो काममा अधिक खर्च हुनाले चिन्ता बढ्नेछ। अवसरवादीहरूबाट सजग रहनुहोला। बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। सानो प्रयत्नले नाम र दाम दिलाउनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभाको कदर हुनेछ। व्यापारमा राम्रै उपलब्धि हासिल हुनेछ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आश्वासन बाँड्नेहरूले व्यवहारमा झुक्याउन सक्छन्। प्रयत्न गरेका काम बिस्तारै सम्पादन हुनेछन्। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। नयाँ काममा योजना बनाएर अघि बढ्दा फाइदा हुनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। ईर्ष्या गर्नेहरूले सताए पनि शुभचिन्तकहरूले साथ दिने हुँदा फाइदै हुनेछ।

धनु राशि (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।

मकर राशि (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

अवसरका लागि केही संघर्ष हुन सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियार रहनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। बाध्यतामा अलमलिनुपर्दा चिताएको काममा बाधा आउनेछ। विवादास्पद जिम्मेवारी आउन सक्छन्। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने सहयोगीहरू पछि हट्नेछन्। नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला।

वि.सं.२०७६ साउन ५ आइतवार ०८:४० मा प्रकाशित

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित...