५ साउन, काठमाण्डौ । सरकरले मानसिक बिरामीको बहाना बनाएका १ सय ५० कर्मचारिलाई केन्द्रमै समायेजन गरेको छ । समायोजनसँगै प्रदेश र स्थानीय तहमा जानुुपर्ने भएपछि मानसिक समस्या रहेको कारण देखाएर भए पनि १ सय ५० कर्मचारि केन्द्रमै आउन सफल भएका छन् । बिनामापदण्ड र परिक्षा निवेदनकै आधारमा सरकारले ती कर्मचारिलाई संघमा समायोजन गरेको हो ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअनुसार समायोजन परिमार्जन गर्न मन्त्रालयमा गुनासो राखेका कर्मचारिमध्ये १ सय ५० कर्मचारिलाई सेवासुविधा सञ्चालन गर्ने सम्बन्धित मन्त्रालयमा पुुल दरबन्दिमा राख्ने निणर्य मन्त्रालयले गरेको छ । मन्त्रालयका सहसचिव तथा समायोजन महाशाखाका प्रमुख केदार पनेरुले मेडिकल बोर्डको सिफारिसमा १ सय ५० कर्मचारिलाइ सेवासुविधा दिने सम्बन्धित मन्त्रालयमा पुल दरबन्दिमा राख्ने निणर्य गरिएको बताए । पुल दरबन्दिमा राख्नु भनेको जगेडासरह हो । त्यस्ता कर्मचारिले सम्बन्धित मन्त्रालयमा हाजिरी गर्ने गर्छन् ।