५ साउन, काठमाडौँ । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाले भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना विस्तार गरेको छ । सरकारले प्रतिबन्ध लगाएपनि नेकपाले ‘युद्धकालिन ’ सांगठनिक संरचना बनाएर गतिविधि गरिरहेको छ ।
अन्य दलजस्तो विधानको आधारमा निश्चित समयका लागि एकैखाले संरचना बनाउनुभन्दा परिस्थिति ख्याल गर्दै विप्लव समूहले आन्तरिक संरचना बनाउने र भत्काउने गर्दै आएको छ ।
२८ फागुनमा सरकारले प्रतिबन्ध लगाउनुअघि एउटा संरचनामा चलेको विप्लव समूह अहिले अलग संरचानाका आधारमा चलेको छ ।
‘समयानुकुल समूह संरचना हेरफेर गरी अनुकुलताका आधारमा संगठन निर्माण गरी आमी अगाडि बढिरहेका छौं, एक केन्द्रीय सदस्यले भने ,‘प्रतिबन्धपछि पार्टी संरचना हेरफेर भएको छ ।’ उनका अनुसार देशभित्र ४ वटा कमान्ड, १२ वटा ब्युरोमार्फत समूहको गतिविधि चलेको छ । समूहको माथिल्लो निकायमा ५ सदस्यीय स्थायी समिति छ । यो केन्द्रीय समिति रोल्पाको थवाङमा २०७३ फागुनमा सम्पन्न आठौं महाधिवेशनले चयन गरेको हो । आइतबारको अन्नपूर्ण पोस्टबाट