back
CTIZAN AD

काङ्ग्रेसले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने

वि.सं.२०७६ साउन ५ आइतवार

750 

shares


५ साउन, काठमाडौँ । नेपाली काङ्ग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले यही साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

काङ्ग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले डा जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति गठन गरेको काङ्ग्रेस केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए । समितिको सदस्यमा डा आरजु राणा देउवा, हरिहर विरही, राजु नेपाल र प्रशिश महरा रहेका छन्।

बैठकले तारानाथ दाहालको संयोजकत्वमा निर्देशिका निर्माण समिति गठन गरिएको छ । समितिको सदस्यमा भद्रा पराजुली भण्डारी र रामजी कङ्ग्रेन रहेका छन् ।

यसैगरी खिलानाथ दाहालको संयोजकत्वमा गठन गरिएको स्रोत व्यवस्थापन समितिमा सुभास पोखरेल, डा प्रभु बुढाथोकी, भद्रा पराजुली भण्डारी, कमला लामिछाने, भगिरथ पोद्धार र योगराज शर्मा कँडेल सदस्य रहेका छन् ।

बैठकले काङ्ग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको राष्ट्रिय प्रशिक्षण कार्यक्रम यही साउनभित्रै काठमाडौँमा गर्ने निर्णयसमेत गरेको सचिव आचार्यले जानकारी दिए ।

वि.सं.२०७६ साउन ५ आइतवार १४:४४ मा प्रकाशित

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा...

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...