back
CTIZAN AD

‘बैङकर नभए पढाएर खाइन्छ’

वि.सं.२०७६ साउन ५ आइतवार

1.1K 

shares

मनोज ज्ञवाली सिइओ ज्योति बिकास बैङक


नेपाली बैङकका सीईओहरु मध्ये प्रष्ट बिचार राख्न सक्ने सिइओ मानिन्छन । ज्योति बिकास बैङकका सीईओ मनोज ज्ञवाली । ज्ञवाली कान्छा सीईओ मध्येमा पनि गनिन्छन । हामी प्रष्ट बक्ता कान्छा सीईओ ज्ञवालीसँग समग्र बैङकिङ्ग प्रणाली र पछिल्लो बिग मर्जरका बारेमा गफिएका छौँ । प्रस्तुत छ ज्ञवालीसगँको कुराकानीको सम्पादित अँश-


अहिले बिग मर्जर खुब चर्चामा छ , खासमा बिग मर्जर भनेको के हो ?

मर्जर र एक्वीजिसन बैङकिङ्ग प्रणालीमा पहिल्यै देखि चलि आएको थियो । अहिले अलि बढी चर्चित हुनुमा अर्थमन्त्रीज्युको बजेट बक्तव्यको महत्वपूर्ण देन रहेको म मान्दछू । खासगरी बैङकिङ प्रणालीमा एक बैङक वा बित्तिय संस्थाले आर्को बैङक तथा बित्तिय संस्था प्राप्त गर्ने वा गाभ्ने प्रक्रिया नै मर्जर हो । पछिल्लो पटक ठुलो सङ्यामा बैङक तथा बित्तिय संस्था प्राप्त गर्ने वा गाभ्ने भनिएकाले यसलाइ बिग मर्जर भनिएको होला ।

अहिले भनिए जस्तै बिग मर्जर नेपाली बैङ्कहरुको आवश्यकता हो ?

आवश्यकता वा अरु के भन्ने दायित्व नियामक निकाय नेपाल राष्ट्र बैङ्कको हो । उसले समग्रताको अध्यययन र अनुसन्धान गरेर देशमा यति बैङ्क तथा वित्तिय संस्था चाहिन्छन् भनेर स्पष्ट पार्दछ , सोही आधारमा बैङ्क तथा वित्तिय संस्थाको सङ्ख्या निर्धारण हुन्छ । पछिल्लो बिग मर्जर पनि सायद राष्ट्र बैङ्कले बिहङगम अनुसन्धान पछि नै सुरु गरेको होला भनेर बुझौँ ।

तपाईलाई कस्तो लाग्छ ? यो बिग मर्जर व्यापक अनुसन्धान पछि आएको होला वा कसैको लहडमा ?

यति ठूलो विषय कसैको लहडमा आएको होला त नभनौ । तर यसको गति र मति हेर्दा भने विना अनुसन्धान नै आएको चाँहि भन्न सकिन्छ । यसका पछाडि धेरै कारणहरु छन् । जस्तै गर्भनर ज्युले एक हप्तामा लभ पारेर जोडी बाधेर आउँ भन्नुभयो । झट्ट सुन्दा उहाँको निर्देशन राम्रो देखियो । तर गर्भनर साहवले बैङ्क भनेको सिइओहरुको होइन , न त बैङ्क प्रमोटरहरुको हो । यो त जनताको सम्पत्ति हो भन्ने बुझ्नु भएन । गभैनर साहेबले बैङ्क जनताको सम्पति हो भन्ने बिर्सनु भयो ।मर्जरमा जाने हो भने सवभन्दा पहिला बैङ्कहरुको साधारण सभाबाट अनुमोदन हुनुपर्छ । यो कुनै हालतमा सिइओहरुको निर्णयका आधारमा हुदैन । अर्काे कारण बिग मर्जर एकसातामा टुङ्गिने काम पनि होइन । बिगतमा हामीले वर्षदिनमा मर्जर सकिएको अनुभव गरिसकेका छौ । यसकारण अहिलेको मर्जर सकारात्मक कामको उल्टो थालनी हो ।

राष्ट्र बैङकको स्ट्राटेजी स्पष्ट नभएकै हो त ?

मैले त राष्ट्र बैङ्क रनभुलमा परेको ठानेको छु । अहिले मर्जरमा जानुनै थियो भने एकवर्ष अगाडि सम्म हामीलाई चार गुणा पूँजी बढाउँन किन भनेको ? बोर्डको निर्णय कार्यान्वयन गर्ने सिइओहरुलाई जोडी खोज् भन्नु कति सान्दर्भिक ? हामी समान उमेर र अनुभवका संस्था जोडिदाको व्यवस्थापनमा राष्ट्र बैङ्कको रणनीति के ?कतै गर्भनर साहव वा प्रवक्ताले यो विषयमा बोलेको वा योजना बनाएको देख्नुभएको छ । यसकारण मैले राष्ट्र बैङ्क स्ट्राटेजी बिहीन छ भन्ने मान्दछु ।

बिग मर्जरले विकास बैङ्क सिद्धिन थालेको डर लागेको त छैन सिइओ ज्युलाई ?

होइन, मलाई त मेरो जागिरसँग त्यति ठूलो मोह छैन । मैले विषयलाई स्पष्ट राख्नुपर्छ भन्ने मान्दछु । म त हिजो कलेज पढाएर आएको मान्छे , जागिर जाँदा फेरि कलेज पढाएर खान्छु । तर सवाल यो होइन हामी विषयमा अस्पस्ट छौ । अस्पस्ट भएर अगाडि बढ्यौ भने लक्ष्यमा पुग्न सक्दैनौ । यसैले मैले गर्भनर साहवसँग यो विषयको स्पस्टता खोजेको हु । मेरो भन्नु के हो भने त्यही राष्ट्र बैङ्कले क, ख, ग वर्गका बैङ्क तथा बित्तिय संस्थालाई समान काम गर्ने अख्तियारी दिने, लाईसेन्स वितरण गर्ने अनि अहिले तिमी चाहिदैनौ भन्न मिल्छ ? यदि कसैले भन्छ भने यो बेतुकको विषय हो ।

त्यसो भए बिग मर्जर असफल हुन्छ त ?

राष्ट्र बैङकले अगाडि सारेको यो परियोजना असफल हुन दिनु हुदैन । कुनै अनुसन्धान नगरी सबल र दुर्वल पक्षको आङ्कलन नगरी आए पनि यो राष्ट्र बैङ्कले ल्याएको परियोजना हो । यसलाई सफल बनाउनु सबै बैङ्कहरुको दायित्व हो ।

तर सिइओहरु त पद गुम्ने आसले अगाडि बढ्न हिचकिचाईरहेको भनिन्छ नि ?

त्यो गलत हो , यदि कसैले त्यस्तो गरेको छ भने त्यसको परिणाम गलत हुन्छ ।

कुलिङ्ग पिरीयडका कुरा यसै मेसोमा उठेका होइनन् र ?

यो त ‘पिटी’ इस्यु हो । हामीलाई सिइओ बनाउन कुनै लगानिकर्ताले बैङ्क खोलेकैे होइनन् न त हाम्रा ग्राहकले हाम्रो मुख हेरेर हाम्रोमा पैसा डिपोजिट गरेका हुन् । क्षमता देखाउ बार्गेनिङग नगरौ, बैङ्कर नभए अरु पनि हुन सकिन्छ भन्छु म त ।

मर्जर पछि विकास बैङ्कको अवस्था के रहला ?

विकास बैङ्कहरु रहन्छन् बिगतमा विकास बैङ्कहरुले कर्मसियल बैङ्कहरु एक्वायर गरेको इतिहास छ । यसकारण विकास बैङ्कहरु सशक्त छन् भन्ने नबिर्साै ।यस बाहेक हामी संघियतामा गएकाले प्रत्येक प्रदेशमा प्रदेश स्तरका विकास बैङ्क रहनुपर्छ ।

वि.सं.२०७६ साउन ५ आइतवार १४:२४ मा प्रकाशित

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...