मनोज ज्ञवाली सिइओ ज्योति बिकास बैङक
नेपाली बैङकका सीईओहरु मध्ये प्रष्ट बिचार राख्न सक्ने सिइओ मानिन्छन । ज्योति बिकास बैङकका सीईओ मनोज ज्ञवाली । ज्ञवाली कान्छा सीईओ मध्येमा पनि गनिन्छन । हामी प्रष्ट बक्ता कान्छा सीईओ ज्ञवालीसँग समग्र बैङकिङ्ग प्रणाली र पछिल्लो बिग मर्जरका बारेमा गफिएका छौँ । प्रस्तुत छ ज्ञवालीसगँको कुराकानीको सम्पादित अँश-
अहिले बिग मर्जर खुब चर्चामा छ , खासमा बिग मर्जर भनेको के हो ?
मर्जर र एक्वीजिसन बैङकिङ्ग प्रणालीमा पहिल्यै देखि चलि आएको थियो । अहिले अलि बढी चर्चित हुनुमा अर्थमन्त्रीज्युको बजेट बक्तव्यको महत्वपूर्ण देन रहेको म मान्दछू । खासगरी बैङकिङ प्रणालीमा एक बैङक वा बित्तिय संस्थाले आर्को बैङक तथा बित्तिय संस्था प्राप्त गर्ने वा गाभ्ने प्रक्रिया नै मर्जर हो । पछिल्लो पटक ठुलो सङ्यामा बैङक तथा बित्तिय संस्था प्राप्त गर्ने वा गाभ्ने भनिएकाले यसलाइ बिग मर्जर भनिएको होला ।
अहिले भनिए जस्तै बिग मर्जर नेपाली बैङ्कहरुको आवश्यकता हो ?
आवश्यकता वा अरु के भन्ने दायित्व नियामक निकाय नेपाल राष्ट्र बैङ्कको हो । उसले समग्रताको अध्यययन र अनुसन्धान गरेर देशमा यति बैङ्क तथा वित्तिय संस्था चाहिन्छन् भनेर स्पष्ट पार्दछ , सोही आधारमा बैङ्क तथा वित्तिय संस्थाको सङ्ख्या निर्धारण हुन्छ । पछिल्लो बिग मर्जर पनि सायद राष्ट्र बैङ्कले बिहङगम अनुसन्धान पछि नै सुरु गरेको होला भनेर बुझौँ ।
तपाईलाई कस्तो लाग्छ ? यो बिग मर्जर व्यापक अनुसन्धान पछि आएको होला वा कसैको लहडमा ?
यति ठूलो विषय कसैको लहडमा आएको होला त नभनौ । तर यसको गति र मति हेर्दा भने विना अनुसन्धान नै आएको चाँहि भन्न सकिन्छ । यसका पछाडि धेरै कारणहरु छन् । जस्तै गर्भनर ज्युले एक हप्तामा लभ पारेर जोडी बाधेर आउँ भन्नुभयो । झट्ट सुन्दा उहाँको निर्देशन राम्रो देखियो । तर गर्भनर साहवले बैङ्क भनेको सिइओहरुको होइन , न त बैङ्क प्रमोटरहरुको हो । यो त जनताको सम्पत्ति हो भन्ने बुझ्नु भएन । गभैनर साहेबले बैङ्क जनताको सम्पति हो भन्ने बिर्सनु भयो ।मर्जरमा जाने हो भने सवभन्दा पहिला बैङ्कहरुको साधारण सभाबाट अनुमोदन हुनुपर्छ । यो कुनै हालतमा सिइओहरुको निर्णयका आधारमा हुदैन । अर्काे कारण बिग मर्जर एकसातामा टुङ्गिने काम पनि होइन । बिगतमा हामीले वर्षदिनमा मर्जर सकिएको अनुभव गरिसकेका छौ । यसकारण अहिलेको मर्जर सकारात्मक कामको उल्टो थालनी हो ।
राष्ट्र बैङकको स्ट्राटेजी स्पष्ट नभएकै हो त ?
मैले त राष्ट्र बैङ्क रनभुलमा परेको ठानेको छु । अहिले मर्जरमा जानुनै थियो भने एकवर्ष अगाडि सम्म हामीलाई चार गुणा पूँजी बढाउँन किन भनेको ? बोर्डको निर्णय कार्यान्वयन गर्ने सिइओहरुलाई जोडी खोज् भन्नु कति सान्दर्भिक ? हामी समान उमेर र अनुभवका संस्था जोडिदाको व्यवस्थापनमा राष्ट्र बैङ्कको रणनीति के ?कतै गर्भनर साहव वा प्रवक्ताले यो विषयमा बोलेको वा योजना बनाएको देख्नुभएको छ । यसकारण मैले राष्ट्र बैङ्क स्ट्राटेजी बिहीन छ भन्ने मान्दछु ।

बिग मर्जरले विकास बैङ्क सिद्धिन थालेको डर लागेको त छैन सिइओ ज्युलाई ?
होइन, मलाई त मेरो जागिरसँग त्यति ठूलो मोह छैन । मैले विषयलाई स्पष्ट राख्नुपर्छ भन्ने मान्दछु । म त हिजो कलेज पढाएर आएको मान्छे , जागिर जाँदा फेरि कलेज पढाएर खान्छु । तर सवाल यो होइन हामी विषयमा अस्पस्ट छौ । अस्पस्ट भएर अगाडि बढ्यौ भने लक्ष्यमा पुग्न सक्दैनौ । यसैले मैले गर्भनर साहवसँग यो विषयको स्पस्टता खोजेको हु । मेरो भन्नु के हो भने त्यही राष्ट्र बैङ्कले क, ख, ग वर्गका बैङ्क तथा बित्तिय संस्थालाई समान काम गर्ने अख्तियारी दिने, लाईसेन्स वितरण गर्ने अनि अहिले तिमी चाहिदैनौ भन्न मिल्छ ? यदि कसैले भन्छ भने यो बेतुकको विषय हो ।
त्यसो भए बिग मर्जर असफल हुन्छ त ?
राष्ट्र बैङकले अगाडि सारेको यो परियोजना असफल हुन दिनु हुदैन । कुनै अनुसन्धान नगरी सबल र दुर्वल पक्षको आङ्कलन नगरी आए पनि यो राष्ट्र बैङ्कले ल्याएको परियोजना हो । यसलाई सफल बनाउनु सबै बैङ्कहरुको दायित्व हो ।
तर सिइओहरु त पद गुम्ने आसले अगाडि बढ्न हिचकिचाईरहेको भनिन्छ नि ?
त्यो गलत हो , यदि कसैले त्यस्तो गरेको छ भने त्यसको परिणाम गलत हुन्छ ।
कुलिङ्ग पिरीयडका कुरा यसै मेसोमा उठेका होइनन् र ?
यो त ‘पिटी’ इस्यु हो । हामीलाई सिइओ बनाउन कुनै लगानिकर्ताले बैङ्क खोलेकैे होइनन् न त हाम्रा ग्राहकले हाम्रो मुख हेरेर हाम्रोमा पैसा डिपोजिट गरेका हुन् । क्षमता देखाउ बार्गेनिङग नगरौ, बैङ्कर नभए अरु पनि हुन सकिन्छ भन्छु म त ।
मर्जर पछि विकास बैङ्कको अवस्था के रहला ?
विकास बैङ्कहरु रहन्छन् बिगतमा विकास बैङ्कहरुले कर्मसियल बैङ्कहरु एक्वायर गरेको इतिहास छ । यसकारण विकास बैङ्कहरु सशक्त छन् भन्ने नबिर्साै ।यस बाहेक हामी संघियतामा गएकाले प्रत्येक प्रदेशमा प्रदेश स्तरका विकास बैङ्क रहनुपर्छ ।
वि.सं.२०७६ साउन ५ आइतवार १४:२४ मा प्रकाशित




























