back

छुट्टाछुट्टैस्थानमा पोखरीमा डुबेर ४ जनाको मृत्यु

वि.सं.२०७६ साउन ६ सोमवार

969 

shares


६ साउन, काठमाडौं । धनुषा, क्षिरेश्वरनाथ नगरपालिकाका सुरेन्द्र यादवको १० वर्षीया छोरी खुश्वु यादवको गाँउ नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
उक्त पोखरीमा डुबेर अशक्त भएकी उनलाई उपचारको लागि जानकी मेडिकल कलेज रमदैया लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
त्यस्तै दाङ, घोराही उपमहानगरपालिका १८ का कटुवाखोला स्थित सिचाई गर्नको लागि निर्माण गरीएको पोखरीमा नुहाउने क्रममा डुबेर ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा सोही उपमहानगरपालिका१८ अम्बापुर बस्ने १९ वर्षीया बसन्ता बिक, सोही उपमहानगरपालिका सालघारी का १९ वर्षीया झरना बिक र १६ वर्षीया अमृता बिक रहेका छन् ।
खेत रोपाईपछि पोखरीमा नुहाउने क्रममा उनीहरु डुबेको भन्ने खबर प्राप्त हुनासाथ जि‍ल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तीनै जनालाई उद्दार गरि उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ पठाएकोमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको थियो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ साउन ६ सोमवार १२:३६ मा प्रकाशित

Himalayan Life AD
बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज । बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ...

गड्यौलाको मल बिक्रीबाट २५ लाखसम्म आम्दानी

गड्यौलाको मल बिक्रीबाट २५ लाखसम्म आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले...

नेपालगञ्जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै

नेपालगञ्जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै

नेपालगञ्ज । पर्यटन प्रवद्र्धनका लागि भारतीय टुर अपरेटर र नेपालगञ्जका...