back
CTIZAN AD

वालिङ नगरपालिकामा स्तनपान कक्ष सञ्चालन

वि.सं.२०७६ साउन ६ सोमवार

1.6K 

shares

६ साउन, वालिङ । स्मार्ट सिटीको अवधारणा ल्याएको वालिङ नगरपालिकाले कार्यालयभित्र स्तनपान कक्ष सञ्चालन गरेको छ ।

नगरपालिकामा विभिन्न कामका लागि आउने सेवाग्राही महिला तथा महिला कर्मचारीलाई लक्ष गरी कार्यालयभित्र सो कक्ष सञ्चालन गरिएको हो ।कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीले सार्वजनिक स्थलमा शिशुलाई स्तनपान गराउन लाज मान्ने गरेकाले उक्त कार्यालयले स्तनपान कक्ष निर्माण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले बताए ।

“वालिङ नगरपालिका स्मार्ट सिटीको अवधारणामा अगाडि बढिरहेको छ” उनले भने,“स्तनपान कक्ष स्थापना गर्नेमा वालिङ सम्भवत् जिल्लाकै पहिलो कार्यालय पनि हो ।”शिशुसहितका आमालाई कार्यालयमा आउँदा सार्वजनिकस्थलमा स्तनपान गराउन असहज हुने भएकाले तत्कालका लागि साधारण स्तनपान कक्ष स्थापना गरिएको र आगामी दिनमा यसलाई व्यवस्थित गर्दै लगिने जनाइएको छ ।

यो अभियानलाई आगामी दिनमा अन्य वडा कार्यालय परिसरमा पनि विस्तार गर्दै लगिने जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत सुवेदीले यो कार्यको थालनीसँगै वालिङलाई महिलामैत्री, बालबालिकामैत्री र अपाङ्गतामैत्री नगरपालिकाको रुपमासमेत स्थापित गर्ने पहल भइरहेको बताए ।

वि.सं.२०७६ साउन ६ सोमवार १३:२७ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

पोखरा । कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...