Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

वालिङ नगरपालिकामा स्तनपान कक्ष सञ्चालन



६ साउन, वालिङ । स्मार्ट सिटीको अवधारणा ल्याएको वालिङ नगरपालिकाले कार्यालयभित्र स्तनपान कक्ष सञ्चालन गरेको छ ।

नगरपालिकामा विभिन्न कामका लागि आउने सेवाग्राही महिला तथा महिला कर्मचारीलाई लक्ष गरी कार्यालयभित्र सो कक्ष सञ्चालन गरिएको हो ।कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीले सार्वजनिक स्थलमा शिशुलाई स्तनपान गराउन लाज मान्ने गरेकाले उक्त कार्यालयले स्तनपान कक्ष निर्माण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले बताए ।

“वालिङ नगरपालिका स्मार्ट सिटीको अवधारणामा अगाडि बढिरहेको छ” उनले भने,“स्तनपान कक्ष स्थापना गर्नेमा वालिङ सम्भवत् जिल्लाकै पहिलो कार्यालय पनि हो ।”शिशुसहितका आमालाई कार्यालयमा आउँदा सार्वजनिकस्थलमा स्तनपान गराउन असहज हुने भएकाले तत्कालका लागि साधारण स्तनपान कक्ष स्थापना गरिएको र आगामी दिनमा यसलाई व्यवस्थित गर्दै लगिने जनाइएको छ ।

यो अभियानलाई आगामी दिनमा अन्य वडा कार्यालय परिसरमा पनि विस्तार गर्दै लगिने जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत सुवेदीले यो कार्यको थालनीसँगै वालिङलाई महिलामैत्री, बालबालिकामैत्री र अपाङ्गतामैत्री नगरपालिकाको रुपमासमेत स्थापित गर्ने पहल भइरहेको बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ