back
CTIZAN AD

अवैध लागूऔषध सहित ३ जना पक्राउ

वि.सं.२०७६ साउन ६ सोमवार

1.7K 

shares


६ साउन, काठमाडौं । बाँके, वर्दिया र मोरङका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका- १५ बाट सोही उपमहानगरपालिका -२२ बस्ने उपेन्द्र चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर ५० ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरीले युपि २१ एके ६६९८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको ब्याट्री राख्ने साईडमा लुकाई छिपाई राखेको उक्त लागूऔषध सहित फेला पारी चालक चौधरीलाई पक्राउ गरेको हो ।

त्यस्तै वर्दिया, गुलरीया नगरपालिक-७ स्थितबाट गुलरीया नगरपालिका ४ तुलापुर बस्ने मनिष ठाकुरलाई अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ४ सय ८० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै मोरङ, केरावारी गाउँपालिका-१० स्थित बगैंचा चोकबाट सोही ठाउँका जिग्री भुजेल र १८ वर्षीय गणेश तामाङलाई अवैध लागूऔषध गाँजा करिब ३ केजी सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ साउन ६ सोमवार १३:०२ मा प्रकाशित

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...