back
CTIZAN AD

नक्कली भिषा दिलाई ठगी गर्ने कार्यमा संलग्न भारतीय नागरिक पक्राउ

वि.सं.२०७६ साउन ६ सोमवार

1.1K 

shares

६ साउन,काठमाडौं । माल्टा लैजान्छु भनी नक्कली भिषा दिलाई ठगी गर्ने कार्यमा संलग्न भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

भारत उत्तर प्रदेश दिल्ली घर भई हाल काठमाडौं महानगरपालिका ९ सिनामंगल बस्ने राहुल पाण्डेलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पाण्डेले भिभि इन्टरनेशनल प्रालि मार्फत नेपालीहरुलाई वैदेशिक रोजगारको लागि माल्टा लैजान्छु भनि नक्कली भिषा दिलाई विभिन्न कामदारहरुको भिषा प्रोसेसिङ र सेक्युरिटी डिपोजिट गर्नको लागि भन्दै पटक पटक गरी नगद ६५ लाख ७० हजार ६ सय रुपैयाँ ठगी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

उक्त प्रालिका संचालक दावा शेर्पाको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाको प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं ल्याइएको सो महाशाखाले जनाएको छ ।

वि.सं.२०७६ साउन ६ सोमवार १२:५४ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...