Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

१४ घुम्ती शौचालय बन्दै




६ साउन, काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रवरपर सफा र स्वच्छ बनाउने अभियान अन्र्तगत १४ वटा घुम्ती शौचालय राख्नेक्रम शुरु भएको छ ।

विश्वमा छरिएर रहेका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रका विभिन्न स्थानमा शौचालय नहुँदा तीर्थयात्रीलाई समस्या पर्दै आएको थियो । पशुपति क्षेत्रका खाली ठाउँ खुला शौचालय बन्ने गरेकामा घुम्ती शौचालय राखेपछि पवित्रस्थलका रुपमा विकास गर्न सकिने विश्वास गरिएको छ ।
वत्सलेश्वरी मन्दिरसँगैको जुत्ता चप्पल कक्षबाट घुम्ती शौचालय राख्ने काम शुरु गरिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई बताए । महिला र पुरुष गरी यहाँ दुईवटा घुम्ती शौचालय राखिएको छ ।

यसैगरी वरुणधारासँगैको जुत्ता चप्पल कक्षमा तीन, पशुपति वृद्धाश्रमको उत्तरपश्चिम कुनामा दुई, वनकाली चौरको पार्किङस्थलमा दुई घुम्ती शौचालय नमूनाका रुपमा राख्न लागिएको उनले बताए । सबैतिर महिला र पुरुष शौचालय राखिने छ ।

पशुपति क्षेत्रलाई स्वच्छ बनाउने अभियान अन्तर्गत एभरेष्ट बैंकको सहयोगमा १० र एनआईसी एशिया बैङ्कको सहयोगमा चार शौचालय प्राप्त भएको कोषले जनाएको छ । नमूनाका रुपमा राखिने घुम्ती शौचालयको नकारात्मक एवं सकारात्मक प्रभावलाई हेरी अन्यत्र पनि विस्तार गरिने जनाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ