back
CTIZAN AD

१४ घुम्ती शौचालय बन्दै

वि.सं.२०७६ साउन ६ सोमवार

1.3K 

shares


६ साउन, काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रवरपर सफा र स्वच्छ बनाउने अभियान अन्र्तगत १४ वटा घुम्ती शौचालय राख्नेक्रम शुरु भएको छ ।

विश्वमा छरिएर रहेका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रका विभिन्न स्थानमा शौचालय नहुँदा तीर्थयात्रीलाई समस्या पर्दै आएको थियो । पशुपति क्षेत्रका खाली ठाउँ खुला शौचालय बन्ने गरेकामा घुम्ती शौचालय राखेपछि पवित्रस्थलका रुपमा विकास गर्न सकिने विश्वास गरिएको छ ।
वत्सलेश्वरी मन्दिरसँगैको जुत्ता चप्पल कक्षबाट घुम्ती शौचालय राख्ने काम शुरु गरिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई बताए । महिला र पुरुष गरी यहाँ दुईवटा घुम्ती शौचालय राखिएको छ ।

यसैगरी वरुणधारासँगैको जुत्ता चप्पल कक्षमा तीन, पशुपति वृद्धाश्रमको उत्तरपश्चिम कुनामा दुई, वनकाली चौरको पार्किङस्थलमा दुई घुम्ती शौचालय नमूनाका रुपमा राख्न लागिएको उनले बताए । सबैतिर महिला र पुरुष शौचालय राखिने छ ।

पशुपति क्षेत्रलाई स्वच्छ बनाउने अभियान अन्तर्गत एभरेष्ट बैंकको सहयोगमा १० र एनआईसी एशिया बैङ्कको सहयोगमा चार शौचालय प्राप्त भएको कोषले जनाएको छ । नमूनाका रुपमा राखिने घुम्ती शौचालयको नकारात्मक एवं सकारात्मक प्रभावलाई हेरी अन्यत्र पनि विस्तार गरिने जनाइएको छ ।

वि.सं.२०७६ साउन ६ सोमवार १४:३६ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...