back
CTIZAN AD

सुनुवार बस्ती पहिराको जोखिममा

वि.सं.२०७६ साउन ६ सोमवार

924 

shares


६ साउन, काठमाडौँ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ स्थित भालुभञ्ज्याङको सुनुवारबस्ती पहिराको उच्च जोखिममा परेको छ । लगातारको वर्षाका कारण उक्त बस्तीको धेरै ठाउँमा जमीन चिरा (धाँजो)परेपछि त्यहाँको बस्ती जोखिममा परेको अस्थायी प्रहरी चौकी ग्वालटारका प्रहरी सहायक निरीक्षक काजीराम पौडेले जानकारी दिए ।

भालुभञ्ज्याङमा सुनुवार समुदायको १३ घरपरिवार बस्दै आएको छ । लामो खडेरीका कारण खानेपानीको समस्या झेलिरहेका सुनुवार समुदयलाई वर्षायाम शुरु हुनासाथ अत्यधिक पानी परेका कारण पहिराको जोखिमले आफ्नो जन्मस्थल नै छोड्नुपर्ने बाध्यता आइपरेको वडाध्यक्ष मीनबहादुर सुनुवारले जानकारी दिए ।

सोलीथुम्का डाँडाको पानीढलो भिरालो क्षेत्रमा रहेको उक्त बस्तीलाई माथिबाट आएको पहिराले पनि थप जोखिम निम्त्याएको नेकपा सिन्धुली जिल्ला सचिवालय सदस्य ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए ।

जोखिम क्षेत्रको स्थानीय तहका पदाधिकारी, नेपाल प्रहरी र राजनीतिक दलका स्थानीय प्रतिनिधिबाट निरीक्षण गरी बस्ती स्थानान्तरणका लागि उपयुक्त स्थानको खोजी गर्ने र तत्काल राहतका कार्यक्रम सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र जिल्ला प्रशासन कार्यालयमा अनुरोध गर्ने वडाध्यक्ष सुनुवारले जानकारी दिए । अविरल वर्षाका कारण आएको पहिरोले सोही वडाको सिम्लेमा रहेको मगरबस्तीलाई पनि असर पु¥याएको छ ।

वि.सं.२०७६ साउन ६ सोमवार १४:५२ मा प्रकाशित

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान...

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको...

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको...