back
CTIZAN AD

सबै विकेट गुमाउँदै १२३ रनको लक्ष दियो नेपालले कतारलाई

वि.सं.२०७६ साउन ७ मंगलवार

747 

shares

७ साउन, काठमाण्डौं । आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट (CRICKET) को एसिया क्षेत्र छनौटको अन्तिम चरणको खेलमा नेपालले कतारलाई १२३ रनको लक्ष दिएको छ ।

सिंगापुरको इण्डियन एसोसियनको क्रिकेट मैदानमा नेपाली समय बिहान ७ बजेर १५ मिनेट जाँदा सुरु भएको टि–ट्वान्टी विश्व कप क्रिेकेटमा नेपालले टस जितेर कतारविरुद्ध व्याटिङ गरेको थियो ।

कतारका खेलाडीको निकै दवावमा परेका नेपाली खेलाडीले दर्शकले आसा गरेजस्तो रन ल्याउन सकेनन् । २० ओभरको खेलमा कम्तिमा पनि १५० रन नेपालले ल्याउने आसा गरिएको थियो । तर, आजकोव्याटिङ प्रदर्शन त्यति राम्रो नभएको भन्दै दर्शकले खल्लो महसुस गरेका थिए ।

खेलमा कप्तान पारस खड्काले १७ बलमा २८ रन ल्याएर आउट भएका थिए भने ज्ञानेन्द्र मल्लले २४ बलबाट २३ रन, शरद भेषवाकरले १३ बलमा ७ रन, दिपेन्द्र सिंह ऐरीले ३५ बलमा एक चौकासहित ३४ रन, सोमपाल कामीले १२ बलमा एक चौकासहित ११ रन, विनोद भण्डारीले ७ बलमा ३ रन, करण केसीले ४ बलमा ४ रन, करण केसीले ४ बलमा ४ रन, सन्दीप लामिछानेले ५ बलमा एक ६ क्कासहित ९ रन, बसन्त रेग्मीले १ बलमा १ रन ल्याएका थिए ।

अन्तिममा नेपालले १० विकेट नै गुमाएर १२२ रनको लक्ष्य कतारलाई दिएको छ । कतारको व्याटिङको पालो केहि समयमा सुरु हुनेछ ।

आजको खेलसँगै नेपालले अव ४ वटा देशसँग खेल्नुपर्ने हुन्छ भने बुधबार नेपालले मलेसियासँग खेल्दैछ ।

सोमबारदेखि सिंगापुरमा सुरु भएको आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेटमा नेपाल सहित ५ देश सहभागी रहेका छन् ।

सोमबार देखि सुरु भएको उक्त खेलमा आयोजक राष्ट्र सिंगापुरले कतारलाई ३३ रनले हराएको थियो भने मलेसियाले कुवेतलाई ४२ रनले पराजित गर्दै जित हासिल गरेको छ ।

एसियाली क्षेत्रको फाइनल छनौटमा नेपाल, सिंगापुर, कतार, मलेसिया र कुवेत सहभागी भएका छन् भने आगामी अक्टोबर नोभेम्बरमा युएईमा आयोजित विश्वकप छनौटमा विश्वका विभिन्न १४ टोलीले प्रतिश्प्रधा गर्ने छन् ।

युएईको प्रतिश्पर्धामा छनौट शीर्ष ६ टोलीले २०२० मा अष्ट्रेलियामा आयोजित विश्वकप टि–ट्वान्टी क्रिेकेटका लागि छानिनेछन् । साथै विश्वकप छनौट चरणबाट आएका ६ टोलीले आइसीसी वरियतामा शीर्ष १० स्थानमा रहेका टोलीसँग प्रतिश्पर्धा गर्नेछन् ।

वि.सं.२०७६ साउन ७ मंगलवार ०९:२४ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...