७ साउन, डोटी । जिल्लाको जोरायल गाउँपालिका–४ लक्ष्मीनगरमा रहेको वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार अज्ञात समूहले गए राति करीब १ बजेको समयमा आगजनी गरेको हो ।
आगजनी किन र कसले ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ, किन र कसले आगजनी ग¥यो भन्नेबारे अनुसन्धानपछि मात्रै भन्न सकिन्छ ।