
“नेपाल भन्ने बित्तिकै त्यो नेपाल गरीबहरुको नेपाल हो । त्यो नेपाल गाउँको नेपाल हो । त्यो झुपडी र छाप्रोको नेपाल हो । नेपाल ठूला घर महल र धनाढ्य मानिसहरुको नेपाल होइन । त्यसैले नेपालको उन्नति भनेको ठूला ठूला धनीहरुको उन्नति होइन । किसानको उन्नति गर्ने, मध्यम वर्गीय मानिसको उन्नति गर्ने, शिक्षक र कर्मचारीको उन्नती गर्ने तथा जो सुकुम्बासी छन्, उनीहरुको उन्नति गर्ने, यो हो विकास वा उन्नती भनेको ।”– वी.पी कोइराला
विकास कसरी गर्ने भन्ने प्रश्नको उत्तर वी.पी कै शब्दमा ‘विकसित देशको चकाचौंध देखेर हामी नबहकिऔं र विकासको प्रश्नमा भावुक नहोआंै । विकासको काममा पहिला हामी गाउँको माटोले आफ्नो हात मैलाऔं जुन माटोले नेपाल बनेको छ । …. हामीहरुको आर्थिक सामथ्र्य के छ, हाम्रा विद्यमान आर्थिक साधन के छन् जसलाई जग बनाएर विकासको पहिलो ईट राख्न सकिन्छ ? हामीसँग उर्वर जमीन छ । श्रमशक्ति जनता, नदीनाला प्रशस्त छन््, वन जङ्गल छ । पुँजीको भने ठूलो अभाव छ । विकासको कार्यक्रम बनाउँदा यी साधन र अभावहरुलाई बिर्सन पाइन्न । – उनले विशेष जोड दिएर भनेका थिए “म गाउँको समृद्धिमा बढी जोड दिन्छु । म गाउँमा नहर, पानी, स्वास्थ्य, शिक्षा, आवास र सांस्कृतिक समस्याहरुलाई सर्वाधिक अधिक महत्व दिन्छु । ग्रामीण क्षेत्रमा बाटो घाटोको निर्माणमा मेरो अधिक ध्यान रहन्छ । …. म गाउँको बेराजगारहरुलाई हटाउन चाहन्छु ।”
परम्परागत प्रविधिलाई सुधार गरी अगाडि बढाउनु छ पर्छ र ग्राममुखी अर्थव्यवस्था अपनाउनु पर्छ भन्ने वी.पीको विचार थियो । उनको सुझाव थियो “आज हामी देशमा औद्योगिकीकरणका कुरा गर्छाै । औद्योगिकीकरण या शहरीकरण भनेको त्यस्तो केन्द्रीभूत प्रक्रिया हो जसले ग्रामीण जनताको वेवास्ता गरेर शहरको मात्र विकास गर्छ । पढाइ लेखाइका लागि शहरै जानुप¥यो, ओखतिमूलोका लागि शहर, किनमेलका लागि शहर, मनोरन्जनका लागि शहर सारांशमा सम्पूर्ण कुराहरु शहरमा मात्र छन् । हामीले अहिलेसम्म यस्तै शहरको मात्र विकास गर्ने नमुनालाई लिएर योजनाहरु बनाएका छौं जसमा विदेशी सहायताद्वारा निर्मित सडकहरुमा विदेशी मोटरगाडीहरु विदेशी कलपूर्जा र तेलले चल्दछन् –केवल उपभोक्ता मात्र स्वदेशी छन् । ती पनि मुठ्ठीभर । त्यसकारण हामीले सोच्नुपरेको छ हाम्रो ग्रामीण किसानलाई त्यसले के गर्र्याे ? हामीलाई त आज गाउँलेले चलाउन सक्ने प्रविधि चाहिएको छ । अर्थात् हाम्रो किसानलाई कस्तो हलो चाहियो ? उसको कृषि उत्पादन कसरी बढाउन सकिन्छ र त्यसलाई कसरी बेच्न सकिन्छ ? नेपाल जस्तो कृषिप्रधान देशमा यो भन्दा बढी सार्थक कुरा के हुन सक्छ ?”
वी.पी. प्राथमिक स्तरबाट सुधार कार्यक्रमको थालनी गर्न चाहन्थे । उदाहरणको लागि ८०÷९० प्रतिशत रोगहरु दुषित पिउने पानीका कारणबाट लाग्ने भएकाले जनतालाई स्वच्छ पिउने पानी उपलब्ध गराउन सकियो भने ८० प्रतिशत रोगहरुबाट उनीहरुको रक्षा गर्न सकिन्छ भन्ने वी.पी. को विचार थियो ।
जबसम्म देशमा प्रजातन्त्रको स्थापना हुँदैन तबसम्म ९० प्रतिशत ग्रामीण जनता उपेक्षित रहने छन्, ग्रामीण जनता उपेक्षित र गरीब रहेसम्म देशको विकास भएको हुने छैन, देशको विकास नभएसम्म प्रजातन्त्रको जग बलियो हुने छैन र प्रजातन्त्रको अभावमा राष्ट्रिय एकता सुदृढ हुने छैन– यसर्थ राष्ट्रिय एकता, प्रजातन्त्र र विकास एक अर्कामा आधारित छन् । जनताद्वारा निर्वाचित सरकारले ९० प्रतिशत ग्रामीण जनताको उपेक्षा गर्न सक्ने छैन । आफ्नै स्वार्थका लागि पनि उसले जनताको सुख सुविधाको ख्याल गर्नुपर्नेछ, नभए जनताले नै उसलाई मतदानको माध्यमद्वारा फ्याँकिने छन् । सरकारले जनतालाई विकासका हरेक तहमा सामेल गराउनु पर्दछ । विकासको निर्णय गर्नेदेखि त्यो निर्णयको कार्यान्वयन गर्ने तहसम्म जनतालाई सक्रिय सहभागी गराउनु पर्दछ । यो एउटा राजनीतिक काम हो जुन प्रजातान्त्रिक सरकारले मात्र इमान्दारीपूर्वक गर्न सक्छ । राष्ट्रोत्थानका लागि प्रजातन्त्रको स्थापना नै सर्वाधिक महत्वपूर्ण र अनिवार्य सवाल हो भन्ने वी.पी.को आजन्म अविचलित मान्यता रह्यो ।
(डा. सुर्यमणि अधिकारीद्वारा लिखित ‘नेपालमा प्रजातान्त्रिक आन्दोलनको इतिहास’बाट)