Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

आवासीय नेपालीद्वारा ‘भिजिट नेपाल २०२०’ को प्रचार सुरु




७ साउन, अमेरिका । अमेरिकामा बसोबास गर्ने गैर आवासीय नेपाली नागरिकहरूले भिजिट नेपाल २०२० को प्रचार अभियान मेरिल्याण्डबाट औपचारिक रुपमा सुरु गरेका छन् ।

प्रवासमा बस्ने नेपालीहरूले मातृभूमिसँग कुनै न कुनै तवरले जोडिन र गैर आवासीय नेपालीहरूको नेपालसँगको भावनात्मक संबन्धलाई मुलुकको बृहत्तर हितका लागि उपयोग गर्न विभिन्न जमर्को गर्ने गरेका छन् ।

पछिल्ला वर्षहरूमा विश्वका विभिन्न राष्ट्रहरूमा गैर आवासीय नेपाली संघ अन्तरगत संगठित भई उनीहरूले विभिन्न अभियान तथा कार्यक्रमहरू संचालन गर्दै आइरहेका छन् ।

यसै सिलसिलामा जुलाई २१,२०१९ का दिन आयोजित गैर आवासीय नेपाली संघ अमेरिका मेरिल्याण्ड च्याप्टरको एक कार्यक्रममा च्याप्टर अध्यक्ष डोलनाथ घिमिरेले नेपाली मूलका स्टेट डेलिगेट ह्यारी भण्डारी र महावाणिज्य दूत प्रेमराजा महतको हातबाट “आफू पनि नेपाल जाऔँ,अरुलाई पनि नेपाल पठाऔँ” भन्ने नारा सहितको ब्यानर संयुक्त रूपमा सार्वजनिक गराउँदै उक्त अभियानको विधिवत शुरुआत गरेका हुन् ।

च्याप्टरको प्रथम बैठकले संस्थाका उपाध्यक्ष राजु पराजुलीलाई भिजिट नेपाल २०२० अभियानको लागि संयोजक चयन गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले