back
CTIZAN AD

आवासीय नेपालीद्वारा ‘भिजिट नेपाल २०२०’ को प्रचार सुरु

वि.सं.२०७६ साउन ७ मंगलवार

909 

shares


७ साउन, अमेरिका । अमेरिकामा बसोबास गर्ने गैर आवासीय नेपाली नागरिकहरूले भिजिट नेपाल २०२० को प्रचार अभियान मेरिल्याण्डबाट औपचारिक रुपमा सुरु गरेका छन् ।

प्रवासमा बस्ने नेपालीहरूले मातृभूमिसँग कुनै न कुनै तवरले जोडिन र गैर आवासीय नेपालीहरूको नेपालसँगको भावनात्मक संबन्धलाई मुलुकको बृहत्तर हितका लागि उपयोग गर्न विभिन्न जमर्को गर्ने गरेका छन् ।

पछिल्ला वर्षहरूमा विश्वका विभिन्न राष्ट्रहरूमा गैर आवासीय नेपाली संघ अन्तरगत संगठित भई उनीहरूले विभिन्न अभियान तथा कार्यक्रमहरू संचालन गर्दै आइरहेका छन् ।

यसै सिलसिलामा जुलाई २१,२०१९ का दिन आयोजित गैर आवासीय नेपाली संघ अमेरिका मेरिल्याण्ड च्याप्टरको एक कार्यक्रममा च्याप्टर अध्यक्ष डोलनाथ घिमिरेले नेपाली मूलका स्टेट डेलिगेट ह्यारी भण्डारी र महावाणिज्य दूत प्रेमराजा महतको हातबाट “आफू पनि नेपाल जाऔँ,अरुलाई पनि नेपाल पठाऔँ” भन्ने नारा सहितको ब्यानर संयुक्त रूपमा सार्वजनिक गराउँदै उक्त अभियानको विधिवत शुरुआत गरेका हुन् ।

च्याप्टरको प्रथम बैठकले संस्थाका उपाध्यक्ष राजु पराजुलीलाई भिजिट नेपाल २०२० अभियानको लागि संयोजक चयन गरेको छ ।

वि.सं.२०७६ साउन ७ मंगलवार १०:२५ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...