back
CTIZAN AD

पहिरोमा पुरिएर छ जनाको मृत्यु, पाँच बेपत्ता

वि.सं.२०७६ साउन ७ मंगलवार

879 

shares

साउन ७, गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर छ जनाको ज्यान गएको छ । गए रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरोले पुरिएर गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–३ मा एकै परिवारका दुई जना र वडा नं ४ का तीन घर पुरिँदा चार जनाको ज्यान गएको छ । पहिरोमा अन्य पाँच जना हराइरहेका छन् ।

सत्यवती गाउँपालिका–४ लिम्घामा खसेको पहिरोले स्थानीय दलित बस्तीका तीन घरमा क्षति पु¥याएको सोही वडाका वडा सदस्य डिल्लीराज भट्टराईले जानकारी दिए । “मृतकको शरीरको भाग क्षतविक्षत अवस्थामा रहेकाले पहिचान हुन कठिनाइ भएको छ, कसैको टाउको थिचिएको छ, कसैको शरीर नै चुडिएको छ”, सदस्य भट्टराईले टेलिफोनमा भने । 

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार सो गाउँपालिका–३ मा एकै परिवारका आमा छोरा गरी दुई जनाको र वडा नं ४ मा चार जनाको शव स्थानीय र प्रहरीको प्रयासमा निकाल्ने काम भएको र अन्य पाँच जना बेपत्ता भएको पुष्टि गरे । प्रजिअ पौडेलका अनुसार वडा नं ३ मा ३४ वर्षीया तिलकुमारी तरामु र उहाँका नौ वर्षीय छोरा दर्शनको मृत्यु हुनुका साथै वडा नं ४ मा हेमन्त विक, पङ्खु विक, अञ्जली विक र छली विकको शव निकालिएको र अन्य पाँच जनासमेत हराइरहेकाले पहिरोमा खोज्ने काम भइरहेको जानकारी दिए ।

पहिरो खस्ने क्रम नरोकिएको र पहिरोबाट अन्य घरसमेत जोखिममा रहेकाले त्यहाँका सम्पूर्ण जनतालाई नजिकैको विद्यालयमा राखिएको समेत उनले जानकारी दिए ।   प्रजिअ पौडेलका अनुसार भौगोलिक विकटताका कारण सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थलमा केही समयमै पुग्ने र पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने कामसमेत भएको बताएका छन्  ।

लगातार पानी परिरहेकाले उद्धार गर्न कठिनाइ भएको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताए । लगातार पानी परिरहेको र ठाउँठाउँमा पहिरोले बाटोसमेत भत्किएकाले घटनास्थलमा पुग्न समय लाग्ने अध्यक्ष ढकालले जानकारी दिएका छन्। 

वि.सं.२०७६ साउन ७ मंगलवार १४:१२ मा प्रकाशित

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

काठमाडौँ । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना...