back
CTIZAN AD

मिस फिलिपिन्स युएसएमा नेपाली चेलीलाई दुई उपाधि

वि.सं.२०७६ साउन ७ मंगलवार

786 

shares

२३ जुलाई ,अमेरिका । अमेरिकाको क्यालिफोर्नियामा सम्पन्न मिस फिलिपिन्स युएसए २०१९ मा नेपाली मूलकी मिराकल चन्दले दुईवटा उपाधि हासिल गरेकी छन् ।

उक्त सौन्दर्य प्रतियोगितामा चन्दले द्वितीय बिजेता ( सेकन्ड रनरअप ) को साथै उत्कृष्ट यूवा सुन्दरी पुरस्कार प्राप्त गर्न सफल भएकी छिन । उनलाई मिस योङ्ग फिलिपिन्स सेकन्ड रनर अप भनि उपाधि प्रदान गरिएको छ ।

गत जुलाई २१ का दिन आइतबार सम्पन्न भएको उक्त सौन्दर्य प्रतियोगितामा मिराकल चन्द सुरु देखि नै सशक्त प्रतियोगीको रुपमा रहेता पनि अन्तिम क्षणमा मतको आधारमा उनलाई सेकन्ड रनर अप (द्वितीय बिजेता_ को उपाधि हात लागेको छ ।

उनलाई जिताउन बिश्वभरका नेपाली समुदाय लागेका थिए भने यसको लागि उनका पिता कर्ण चन्दले अहोरात्र खटिई आफ्नी सुपुत्रीलाई बिजयी बनाउन कडा मेहनत गरेका थिए । र ,उनले नेपाली समुदायलाई सुरु देखि अन्त्य सम्म सामाजिक संजाल मार्फत बारम्बार प्रतियोगिताको सबै ताजा जानकारी दिने गरेका थिए ।

नतिजा आए पछि कर्ण चन्दले सामाजिक संजाल मार्फत सबै वर्गलाई साथ दिनु हुने सबैलाई धन्यवाद दिएका छन् ।

कर्ण चन्द कराते खेलाडीको साथै प्रशिक्षक पनि हुन् भने उनले फिलिपिन्स कि नागरिक बेलो थर भएकी महिला संग २००३ मा बिहे गरेका थिए । सन् २००३ मै मिराकल चन्द पलाउ आइल्याण्डमा जन्मेकी हुन् । उनकी आमा हेडी बि फिलिपिन्सबाट भएको हुनाले मिराकल चन्दले मिस फिलिपिन्स युएसएमा प्रतियोगीको रुपमा भाग लिन पाएकी हुन् ।

उनका अनुसार नतिजा निस्कने ५ मिनेट अगाडी पासा पल्टिएको र उनकी सुपुत्री मिराकल चन्द पछाडी परेको उनले जनाए । प्रारम्भ देखि नै अग्रपंक्तिमा रहेकी मिराकल चन्द प्रतियोगिताको नजदिक हुदै जाँदा पछाडी परिन । पिता कर्ण चन्दले कुनै पनि नेपाली समुदायलाई समेट्न छोडेनन् र सबैलाई मतदान गर्न आग्रह गरेका थिए ।

कार्यक्रम क्यालिफोर्नियाको ग्लेनडेल स्थित नर्थ ब्रान्ड बलुभर्डको एलेक्स थेटर (नाचघर) मा साँझ ५ बजे सुरु भएको थियो । मिराकल चन्द प्रतियोगी नं ६ रहेकी थिइन् ।


चन्द युएस मार्सल आर्ट्स कराते फेडेरेसनका निर्णायक पनि हुन् । १२ बर्ष देखि अमेरिका बस्दै आएका चन्द माक्रोन एसियामा काम गर्थे भने उनले पलाउ मै एक बिदेशी नागरिक संग मिलेर मार्सल आर्ट्स बिद्यालय समेत खोलेका थिए ।

मिराकल चन्द को बुवा कर्ण चन्द र हेडी बि बीच माक्रोन एसिया आइल्याण्डमा भेट भएको थियो भने कर्ण चन्द देहरादुन अध्ययन गरेका हुन् । हाल चन्द निजि सुरक्षा परामरर्शदाता हुन् भने व्यक्तिगत सुरक्षाका लागि प्रशिक्षक पनि हुन् । पलाउ प्रशान्त महासागरमा अवस्थित एक द्विप हो ।

जसमा ३४० टापूहरु छन भने यो अमेरिकाको भूमि पनि पर्दछ र अमेरिकन डलर नै राष्ट्रिय मुद्रा हो । फिलिपिन्सको दक्षिण पूर्व तथा पपुवा न्यू गिनीको उत्तरमा पलाउ पर्दछ । कर्ण चन्द १२ बर्ष पहिले अमेरिका आए पछि उनले परिवारलाई अमेरिका ल्याएका हुन् ।

वि.सं.२०७६ साउन ७ मंगलवार १४:०४ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...