back
CTIZAN AD

माथिल्लो तामाकोशीमा सकस

वि.सं.२०७६ साउन ७ मंगलवार

957 

shares

७ साउन, काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाप्रति सरकारको जति चासो छ, त्योभन्दा बढी आम नागरिकको छ । कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने करीब छ लाख सञ्चयकर्तामध्ये तीन लाखले आयोजनाको साधारण शेयर खरीद गरेका छन् ।

यस्तै तीन लाख बढी नागरिकले सर्वसाधारणको हैसियतमा आयोजनाको साधारण शेयर खरीद गरी लगानी गरेका छन् । आयोजना कहिले सकिएला र बिजुली बल्ला भन्ने आम चासो पनि उत्तिकै छ । एकै आयोजनाबाट ४५६ मेगावाट विद्युत् उत्पादन गर्ने सो आयोजना हालसम्मकै ठूलो हो ।

सरकारले आयोजनालाई राष्ट्रिय गौरवका रुपमा सूचीकृत गरी महत्व दिएको छ । नेपाल स्टक एक्सचेञ्जमा आयोजनाको मात्रै कूल १० करोड ५९ लाख कित्ता शेयर सूचीकृत छ । बिजुली उत्पादन शुरु भए पनि आफूले गरेको लगानीले उचित प्रतिफल देला भन्ने लगानीकर्ताको अपेक्षा ठूलो छ । सरकार चाहन्छ–आयोजनाको विद्युत् उत्पादन शुरु भएपछि भारतबाट विद्युत् आयात गर्नु पर्दैन । सरकारले हरेक वर्ष करीब १८ अर्ब बराबरको विद्युत् भारतबाट आयात गर्ने गरेको छ ।

आयोजना सम्पन्न भएपछि मुलुकको आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पार्ने सरकारको अपेक्षा छ । आर्थिक वर्ष २०७५÷७६ मा आर्थिक वृद्धिदर ८.२ प्रतिशत हुने लक्ष्य राखिएकामा सो आयोजना र मेलम्ची खानेपानी आयोजना नसकिँदा अपेक्षित लक्ष्य हासिल नभएको अर्थमन्त्रालयले जनाएको छ ।

सबैको सकारात्मक चासो र अपेक्षा रहे पनि आयोजनाको काम भने त्यत्ति सहज भने छैन । यद्यपि आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत पुगेको छ । बाँकी रहेको दुई प्रतिशत काम सम्पन्न गर्न भने नेपाल विद्यत् प्राधिकरण र आयोजनाको प्रवद्र्धक माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीलाई गाह्रो परेको छ । साधन, स्रोत उपलब्ध छ । प्राधिकरणले आवश्यक सहजीकरण गरिरहेको छ । हरेक महीना आयोजनास्थलमा नै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माण व्यवसायी, परामर्शदाता लगायतको नियमित बैठक राखी समस्याको सहजीकरण गरेको छ ।

दैनिकरुपमा प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका अध्यक्ष घिसिङले चासो राख्नु भए पनि निर्माण व्यवसायीले अझै अपेक्षित कार्यसम्पादन गरेको छैन । यद्यपि ठूलो आयोजनाको काम भने त्यत्ति सहज भने पक्कै छैन ।

वि.सं.२०७६ साउन ७ मंगलवार १४:१४ मा प्रकाशित

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई...

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

काठमाडौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर

नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर

काठमाडौं । १८औँ नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले...

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक...