back
CTIZAN AD

ठाडो सुरुङमा पाइप जडान चुनौतीपूर्ण

वि.सं.२०७६ साउन ७ मंगलवार

1.1K 

shares

७ साउन, काठमाडौँ । आयोजनामा नियमित खटिएका माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार तल्लो ठाडो सुरुङमा पहिलो पाइप जडान, वेल्डिङ लगायतका काम गर्न ३६५ घण्टा लागेको थियो । यस्तै चौथो पाइप जडान गर्दा समय घटेर १२८ घण्टामा झरेको छ । समय क्रमशःघट्दै जाने आयोजनाको भनाइ छ ।

कूल ३७२ मिटर लामो तल्लो ठाडो सुरुङमा पाँच मिटर लम्बाइ र २७ टन तौल भएका ७० वटा पाइप जडान गर्न बाँकी छ । माथिल्लो ठाडो सुरुङको लम्बाई ३१० मिटर रहेको छ । आइतबार स्थलगत निरीक्षणमा पुग्नुभएका कार्यकारी निर्देशक घिसिङले पाइप जडानका लागि लाग्ने समयलाई अझै घटाउन एन्ड्रिज हाइड्रोलाई निर्देशन दिए । तल्लो ठाडो सुरुङमा चार वटा पाइप जडान गरिसकेकाले अब ठेकेदार कम्पनीको आत्मविश्वास बढेकाले कामलाई तीव्रता दिने आयोजनाको विश्वास छ ।

स्वदेशी लगानीमा निर्धाणाधीन आयोजनाको दुई वटा ठाडो सुरुङ २७.५ मिटर पेनस्टक पाइप जडान गरिसकिएको प्रवक्ता डा न्यौपानेले बताए । आयोजनाको सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २० मिटर र माथिल्लो ठाडो सुरुङमा ७.५ मिटर पेनस्टक पाइप जडान गरिएको छ ।

लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत १ असार र माथिल्लोमा ९ असारदेखि पेनस्टक पाइप जडान शुरु गरिएको हो । कार्यकारी निर्देशक घिसिङले पछिल्लोपटक तय गरिएको समयतालिका भित्रै र गुणस्तरीय निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीलाई निर्देशन दिए ।

“जसरी पनि आगामी चैतको दोस्रो साताभित्रमा पहिलो युनिटबाट विद्युत् उत्पादन शुरु गर्नैपर्छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । आयोजनामा कूल छ वटा युनिट छन् । त्यसमा पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

कार्यतालिका अनुसार बाँकी रहने पाँच युनिटबाट आगामी असारभित्रमा अर्थात् चालू आवको अन्त्यसम्म जसरी पनि निर्माण सम्पन्न गर्नैपर्ने तालिका छ । “निर्माण सम्पन्न हुने समय तालिकामा चासो छ, यसमा गम्भीर बन्नुहोस्, सँगै भएर निर्माण सम्पन्न गरौँ, यसले सबैलाई खुशी बनाउँछ तालिका अनुसार निर्माण सकेनौँ भने सबैलाई समस्या पर्छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । जनशक्ति बढाएर दैनिक तीन चरणमा काम गर्न पनि उनले निर्माण व्यवसायीका प्रतिनिधिलाई निर्देशन दिए ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गत चैत ९ गते हरेक महीना आयोजनास्थलमा पुगी समस्या समाधान गर्न निर्देशन दिनुभएको थियो । मन्त्री पुनले पछिल्लो पटक तय गरिएको तालिकाभित्रै निर्माण सम्पन्न गर्न हरेक महीना आयोजनास्थलमै उच्चस्तरीय बैठक राख्नसमेत आग्ह गरेका थिए ।

पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । आयोजना, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्सम्याकाले नै गरिरहेको छ ।

वि.सं.२०७६ साउन ७ मंगलवार १४:२३ मा प्रकाशित

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...