७ साउन, काठमाडौं । सिराहा, रुपन्देही र चितवन भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
सिराहा, लाहान नगरपालिका२३ गढिया चोकस्थित सडकमा स ८ प ८७५९ नम्बरको मोटरसाइकलले सोमबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने धनपत चौधरीको छोरा पुसपेन कुमार चौधरीलाई कामना नर्सिङ होम लाहान हुँदै थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक लाहान नगरपालिका-२१ बस्ने १९ वर्षीय प्रदिप कुमार यादबको त्रिशक्ती पोलीक्लिनिक लहानमा उपचार भइरहेको छ । रुपन्देही, ओमसतिया गाउँपालिका -६ मझौलीस्थित सडकमा लु.६ प ७० नम्बरको मोटरसाकललाई लु.३ त ५८३४ नम्बरको ट्याक्टरले सोमबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भऐकी मोटरसाइकलमा सवार सिद्धार्थनगर नगरपालिका-१ बेलहिया बस्ने ४० वर्षीया मञ्जु हरीजनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी रुपन्देही, कोटहीमाई गाउँपालिका-५ तिनकुनेस्थित ईलाका प्रहरी कार्यालय मझगाँवाबाट गस्ती गएकोमा बा।१ ब ५१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका ईलाका प्रहरी कार्यालय मझगाँवामा कार्यरत प्युठान गौमुखी गाउँपालिका-२ डाँडागाउ घर भएका ३६ वर्षीय प्रहरी हवल्दार रन्जित थापाको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सोही कार्यालयमा कार्यरत प्रहरी जवान २३ वर्षीय शुभम् घर्तीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-१ रामनगरस्थित सडकमा ना.४२ प ४९२९ नम्बरको मोटरसाइकलले पदैलयात्रीलाई ठक्कर दिई भाग्ने क्रममा उक्त मोटरसाइकल ना.५ ख २२४६ नम्बरको ट्रकमा सोमबार बेलुका ठोकिदा गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर महानगरपालिका-११ बस्ने ३० वर्षीय बिषेश थापाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका पदैलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय ओम प्रसाद भुषालको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
वि.सं.२०७६ साउन ७ मंगलवार १४:२९ मा प्रकाशित






























