back
CTIZAN AD

अशोक लेलैण्ड र आइसिएफसि फाइनाइन्सबीच सम्झौता

वि.सं.२०७६ साउन ८ बुधवार

945 

shares

८ साउन, काठमाडौँ । आईएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई द्वारा प्रवद्धित अशोक लेलैण्ड र आइसिएफसि फाइनान्स बीच सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुखकार्यकारी अधिकृत सुनिलपन्त र आईएमईमोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट एमरान ए.खानले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले आइसिएफसि फाइनान्स लिमिटेडबिच सहजरुपमा ७० प्रतिशतसम्मकोे कर्जा सुविधापाउने भएका छन् । यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् ।

यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधाप्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताएका छन् । कर्जा सुविधामात्र नभई दुवै कम्पनिबीच संयुक्त रुपमा सहकार्य गर्दै अगाडी बढ्ने कुरामा पनि सहमतिभएको विज्ञप्तीमा बताइएको छ । रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो ।

रेमिटेन्स, बैंकिङ्गइन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचनाप्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको बताइएको छ ।

वि.सं.२०७६ साउन ८ बुधवार ११:१८ मा प्रकाशित

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...