back
CTIZAN AD

राजश्वमा उल्लेखनीय वृद्धि

वि.सं.२०७६ साउन ८ बुधवार

1.1K 

shares


८ साउन, काठमाडौँ । आन्तरिक राजश्व कार्यालय विराटनगरले गएको आर्थिक वर्षमा कूल रु सात अर्ब १३ करोड ७८ लाख २४ हजार राजश्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले सो अवधिमा कूल रु छ अर्ब ४१ करोड ८१ लाख १३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

आर्थिक वर्ष २०७४र७५ मा कूल रु पाँच अर्ब २१ करोड ४२ लाख तीन हजार राजश्व सङ्कलन भएको थियो । तुलनात्मक रूपमा अघिल्लो आर्थिक वर्षभन्दा गएको आर्थिक वर्षमा रु एक अर्ब ९२ करोड ३६ लाख २१ हजार बढीले राजश्व सङ्कलन भएको कार्यालयको प्रगति विवरणमा उल्लेख छ ।

सङ्कलित राजश्वमा आयकर रु दुई अर्ब ११ करोड ४४ लाख ९३ हजार, बहालकर रु १० करोड ९२ लाख ३८ हजार, ब्याजकर रु सात करोड ५० लाख ८८ हजार, मूल्य अभिवृद्धिकर रु एक अर्ब ३७ करोड सात लाख १२ हजार, अन्तःशुल्क रु तीन अर्ब ४२ करोड ६५ लाख ४१ हजार, स्वास्थ्य सेवाकर रु दुई करोड ९९ लाख ४४ हजार र शिक्षा सेवाकर रु एक करोड ३७ लाख ९१ हजार छन् ।

कार्यालयको मातहतमा ९६ हजार ५०८ करदाता रहेकामा भ्याट दर्ता सङ्ख्या सात हजार ५३४, आयकर दर्ता सङ्ख्या ४८ हजार १९२ र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका सङ्ख्या ४८ हजार ३१६ रहेको कार्यालय प्रमुख गौतमले जानकारी दिए ।

वि.सं.२०७६ साउन ८ बुधवार ११:२९ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...