back
CTIZAN AD

प्रम दैवीप्रकोप उद्धार कोषका लागि रु २५ लाख प्रदान

वि.सं.२०७६ साउन ९ बिहीवार

885 

shares

९ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्न दुई संस्थाले आज बिहान रु २५ लाखको चेक हस्तान्तरण गरेका छन् । कोषमा केडिया अर्गनाइजेशन ट्रष्टले रु १५ लाख र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले रु १० लाखको चेक हस्तान्तरण गरेका हुन् । ट्रष्टका कोषाध्यक्ष मदनलाल केडिया र युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा उक्त चेक हस्तान्तरण गरे ।

सो अवसरमा प्रधानमन्त्री ओलीले प्रशासनलाई स्वच्छ र पारदर्शी बनाउन कर्मचारीको सहयोग आवश्यक रहेको बताउँदै कर्मचारी सेवामुखी भए भने जनतामा सरकारप्रति सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले कर्मचारीले सरकारलाई सहयोग गरेन भनेर भ्रम छर्ने कामसमेत भइरहेको बताउँदै भने, “सरकारलाई कसरी अलोकप्रिय बनाउन सकिन्छ भनी केहीले सरकारले आधिकारिक टे«ड युनियन बन्द गर्न खोजेको छ भनेर सरकार र कर्मचारीबीच भ्रम छर्ने काम गरिरहेका छन् । । उहाँले जबसम्म कर्मचारीतन्त्र प्रभावकारी, स्वच्छ र सेवाउन्मुख हुँदैन तबसम्म सरकार आफ्ना वाञ्छित उपलब्धि हासिल गर्न सक्दैन भने ।

सरकारले मन्त्रिपरिषद्बाट गर्ने निर्णय कार्यान्वयन कर्मचारीले नै गर्ने भएकाले कर्मचारी र सरकारबीच विश्वासको वातावरण बन्नुपर्ने उनले बताए । “कतिपयले माग राख्नुअघि नै आन्दोलन गर्न शुरु गर्छन्”, प्रधानमन्त्री ओलीले भने, “हामीले लोकतन्त्र ल्याइसक्यौँ । लोकतान्त्रिक प्रणाली बसालिसक्यौँ । अब आफ्ना माग सुनुवाइ गर्न आन्दोलन गर्नुपर्दैन ।” प्रधानमन्त्री ओलीले अब आन्दोलन नभई सिर्जनशील भई देशका लागि योगदान गर्ने समय आएको बताए । उनले चुहावट र अनियमितता हटाउनका लागि मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली लागू गरिएको पनि स्पष्ट गरे ।

यसअघि बारा र पर्सामा आएको हावाहुरीबाट पीडितलाई सहयोग गर्नका लागि ट्रष्टले प्रदेश नं २ का मुख्ममन्त्री लालबाबु राउतलाई रु ११ लाख प्रदान गरेको ट्रष्टका विमल केडियाले जानकारी दिए ।

वि.सं.२०७६ साउन ९ बिहीवार १३:४४ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समानुपातिकमा एक करोड चार लाख मतगणना

समानुपातिकमा एक करोड चार लाख मतगणना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार...

सुनचाँदीकोे मूल्य बढ्यो

सुनचाँदीकोे मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।...