back
CTIZAN AD

बेलको जुसतर्फ आकर्षण बढ्दै

वि.सं.२०७६ साउन ९ बिहीवार

900 

shares

९ साउन, तनहुँ । वनमा खेर गइरहेको बेललाई सदुपयोग गरी बेलको जुस उत्पादन गर्न थालेपछि जुस सेवन गर्ने मानिसको सङ्ख्या बढ्दै गएको छ । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित नमूना माउन्टेन सामुदायिक बेल जुस उद्योगले बेलको जुस उत्पादन गर्न थालेपछि यसतर्फ मानिसको आर्कषण बढ्दै गएको हो ।

बेलको जुस सेवनबाट ग्याष्ट्रिक, रक्तअल्पता, कब्जियतको समस्या समाधान हुने र पाचनशक्ति बढाउने, उच्चरक्तचाप, झाडापखलालगायतका विभिन्न रोगका लागि फाइदा हुने भएपछि यसतर्फ मानिसको आर्कषण बढ्दै गएको उद्योग सञ्चालक विष्णुकुमार श्रेष्ठले जानकारी दिए । यस वर्षका लागि करीब एक लाख मूल्य बराबरको सामुदायिक वन, सार्वजनिक र व्यक्तिगत जग्गामा रहेको बेल किनेर भण्डारण गरिएको उनले बताए ।

उनका अनुसार विसं २०७२ मा त्यस क्षेत्रका सिद्धबतासना, उमाचोक, भीरपानी, डेन्टज्यान्ट, बरच्याङ र पोसिली गरी छ सामुदायिक वन उपभोक्ता समितिले शुरुमा रु चार लाख ६० हजार सङ्कलन गरी बेल जुस उद्योग स्थापना गरेका थिए । घरेलु उद्योगमा दर्ता तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाबाट ल्याबटेष्ट गराई अनुमतिपत्र लिएर उद्योग सञ्चालनमा ल्याएका हुन् ।

हरियो वन कार्यक्रमअन्तर्गत रु १५ लाख, डिभिजन वन कार्यालय तनहुँबाट रु पाँच लाख, घरेलु तथा साना उद्योग विकास समितिबाट रु ९५ हजारलगायतका गरी हालसम्म उद्योगमा करीब रु ३० लाख लगानी भइसकेको छ । हरियो वन कार्यक्रमअन्तर्गत उक्त जुस उद्योगलाई केयर नेपाल, डब्लुडब्लुएफ, डिभिजन वन कार्यालय र घरेलु तथा साना उद्योग विकास समितिले गरेको आर्थिक सहयोगबाट जुस प्रशोधन मेसिनलगायतका आवश्यक सामग्री किनेर व्यवस्थितरूपमा उद्योग सञ्चालन गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए ।

“शुरुमा उद्योग सञ्चालन गर्दा बेलको जुसको प्रचारप्रसार नहुँदा बिक्री कमी थियो”, अध्यक्ष श्रेष्ठले भने, “तर अहिले यसको महत्व बुझेपछि जिल्लाको दुलेगौडा, दमौली, आँबुखैरेनीलगायत पोखरा, बुटवल, काठमाडौँका बजारमा माग बढेको छ ।”

हालसम्म ७०० मिलीमिटरका १२ हजार बोतल बेलको जुस उत्पादन गरिसकेको सो उद्योगले जनाएको छ । प्रतिबोतल रु २०० मा बिक्री गर्ने गरिएको छ भने अहिले एक हजार ५०० बोतल जुस तयारी अवस्थामा उद्योगमा राखिएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष केशवबहादुर रानाभाटले बताए । राम्रोसँग व्यवस्थापन गर्न सके बाह्रै महीना बेलको जुस उत्पादन गर्न सकिन्छ । उनले भने, “बेलको जुसको साथसाथै अदुवा, लप्सीलगायत स्थानीय फलफूलका जुस उत्पादन गर्ने योजनासमेत रहेको छ ।” जुसको म्याद उत्पादन मितिबाट डेढ वर्षसम्म रहने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको अध्यक्ष रानाभाटले बताए ।

वडामा सञ्चालित बेल जुस उद्योगको प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न सदैव तयार रहेको म्याग्दे–२ का वडाध्यक्ष चन्द्रबहादुर रानाभाटले बताए । सञ्चालक समितिले उत्पादन गरेको बेल जुसको प्रतिप्याकेट रु ३० का दरले र उद्योग चलाएवापत वार्षिक रु पाँच हजार उक्त छ सामुदायिक वनबाट बनेको व्यवस्थापन समितिलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ । सोही क्षेत्रमा पर्ने सिद्धबतासना सामुदायिक वनमा १६ हजार बेलका बिरुवा रोपिसकिएको छ भने अन्य सामुदायिक तथा निजी वनमा पनि बेलखेतीका लागि प

वि.सं.२०७६ साउन ९ बिहीवार १४:१५ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

पोखरा । कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...