back
CTIZAN AD

टि–२० आइसीसी विश्वकप क्रिकेट : आयोजकका कारण नेपालीलाई थप पीडा

वि.सं.२०७६ साउन १२ आइतवार

1K 

shares

१२ साउन । आयोजकका कारण आजको हारले पीडित बनेका नेपालीलाई थप पीडा भएको छ । टि–२० आइसीसी विश्वकप क्रिकेटमा सिंगापुरद्धारा ८२ रनले पराजित भएको नेपालाईै आएसीसीले नेपाललाई दोस्रो स्थान प्राप्त गरेको भनेर मेडल प्रदान गर्यो । तर पछि चेक गर्दा नेपाल रन रेटको आधारमा तेस्रो भएको देखिएपछि नेपाली खेलाडीले लगाएको मेडल कतारका खेलाडीलाई लगाइयो ।
यस्तो कसरी भयो ?
अन्तिम खेलमा नेपाल र सिंगापुरबीच विजयी हुने टोली विश्वकपको ग्लोबल छनोटमा पुग्ने समीकरण रहेको थियो । अघोषित रुपमा फाइनलजस्तो बनेको यस खेलमा कतारभन्दा बलियो रहेको नेपाललाई दोस्रो मानियो । आयोजक सिंगापुर क्रिकेट संघले पनि नेपाल नै दोस्रो भएको ठान्दै नेपाली टोलीका कप्तान पारस खड्कालाई मेडल लगाइदिएका थिए । तर आजको नेपाल ८१ रनले पराजित भएपछि रनरेटका आधारमा कतारभन्दा पछाडी रहन पुगेको थियो ।

नेपाललाई उपविजेता घोषणा गर्दै दोस्रो स्थान प्रदान गरेपछि कतारका व्यवस्थापकले विरोध गरेका थिए । रनरेटको आधारमा नेपाल कतारभन्दा पछि रहेको थाहा पाएपछि नेपाली टोली आफैंले पदक फिर्ता गरेको नेपाली टोलीका व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिएका छन् ।

नेपालले विश्वकप खेल्ने उत्कृट उत्साह बोकेका क्रिकेटप्रेमीहरुका लागि आजको हारले दुखी बनाएको छ । सिंगापुरले दिएको १९२ रनको विशाल लक्ष्य पछ्याउदा कमजोर ब्याटिंग गर्दै १५ ओभरमा १०९ रनमै सम्पूर्ण विकेट गुमाएपछि नेपालको सपना चकनाचुर हुन पुगेको हो। पहिलो खेलमै कमजोर टिम कतारसँग हार्नु दुर्भाग्य बनेको नेपालका लागि आजको खेलमा नेपालले १० वटै विकेट गुमाउन पुग्यो । अन्तर्राष्ट्रिय टिममा राम्रो प्रदर्शन गर्दै आएका उत्कृष्ट बलर सन्दिप लामिछाने तथा सोमपाल कामीको आजको प्रदर्शन अपेक्षित राम्रो रहेन ।

सन् २०१४ मा हंगकंगमा सम्पन्न टि-२० विश्वकप पहिलो पटक खेलेको नेपाली टिमले त्यसपछि २०१६ टि-२० विश्वकपमा पनि छनौट हुन असफल रहेको थियो। लगातार दोश्रो पटक नेपाली टिम टि-२० विश्वकप छनौट हुन असफल रहेको छ।

अबको टि–२० विश्वकप क्रिकेट प्रतियोगिता सन् २०२१ मा भारतमा हुँदैछ । आशा गरौँ त्यो प्रतियोगिताबाट नेपालको टि-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने चाहना पुरा हुनेछ ।

वि.सं.२०७६ साउन १२ आइतवार १३:४६ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...