back
CTIZAN AD

निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय जना लभान्वित

वि.सं.२०७६ साउन १२ आइतवार

1K 

shares

१२ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ स्थित कुमारी क्लबले बल्खुमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा करिब २०० जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन गरेको शिविरमा निःशुल्क औषधि वितरणसमेत गरिएको छ । शिविरको शुभारम्भ गर्दै प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले सामाजिक कार्यका लागि स्थापना भएका सङ्घसंस्थाले सेवाको भावनाले कार्य गरेमा सर्वसाधारण नागरिक लाभान्वित हुने बताए । विभिन्न रोगबाट समस्यामा परेका बिरामीलाई लक्ष्य गरी सञ्चालन गरिएको शिविरले बल्खु तथा त्यस आसपास क्षेत्रका धेरै मानिसलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

अर्का प्रतिनिधिसभा सदस्य बीना श्रेष्ठले स्वास्थ्य सेवा महङ्गो भई सबैको पहुँचमा पुग्न नसकेको अहिलेको अवस्थामा यसलाई सर्वसुलभ र गुणस्तरीय बनाउन विशेष गरी स्थानीय सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । कामपा–१४ का वडासदस्य रश्मी खडका, नेपाल ट्रेड युनियन काँग्रेसका कोषाध्यक्ष मोहन बस्नेतलगायतले समाजसेवाको भावनाबाट पनि राष्ट्र निर्माणमा योगदान गर्न सकिने हुँदा युवा वर्ग यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

क्लबका अध्यक्ष नकुल हमाल ठकुरीका अनुसार स्थानीय विकास, पूर्वाधार निर्माण, फोहर व्यवस्थापन, खेलकूद तथा प्राचीन महत्वका सांस्कृतिक क्षेत्रको संरक्षणलगायत कार्यमा क्लबले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस

वि.सं.२०७६ साउन १२ आइतवार १५:४९ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट...

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौँ । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि...