back
CTIZAN AD

पत्याउनुहुन्छ, पशुपति शर्माले अहिलेसम्म दुईवटा फिल्म मात्र हेरेका छन्

वि.सं.२०७६ साउन १३ सोमवार

957 

shares

तपाईलाई बाल्यकालमा फिल्म हेर्न कत्तिको मन लाग्थ्यो, फिल्म हेर्ने हुटहुटीले कतिपटक बाबाको कोटको खल्ती र आमाको पटुकीमा रहेको पैसा बिभिन्न बहानामा झारेर फिल्म हलतिर दौडनु भयो होला । यातफेरि छिमेकी वा साथिको घरमा रहेको सादा (ब्लाक एण्ड हुवाइट) टिभीमा फिल्म हेरेर घरको सबै काम भुसुक्कै विर्सिएर आमा वा बाबाको लौरी पनि खानुभयो होला ! हो, धेरैको बाल्यकाल यसरी नै बित्यो भनेर फरक नपर्ला । तर, चर्चित लोकदोहोरी गायक पशुपति शर्मालाई भने यस्तो रहर कहिल्यै लागेन, बाल्यकाल वा युवा अवस्था, उनलाई फिल्मले मन तान्न कहिल्यै सकेन ।

शर्माले जन्मेदेखि अहिलेसम्म दुईवटा फिल्म मात्र हेरेको बताएका छन् । उनले अहिलेसम्म हेरेको फिल्ममा दर्पण छाया र छक्का पन्जा मात्र रहेको छ ।

कला क्षेत्रमै रमाएपनि गीत संगीत छोडेर कलाको अर्को पाटो फिल्मी क्षेत्र भने उनको अरुचिको विषय रहेको बताउँछन् । फिल्म आफ्नो रुचीको विषय नभएको र फिल्म हेर्दा आफूलाई निद लाग्ने गरेकाले दर्पण छायाँ फिल्म हेर्दा बिचमै निदाएको र फिल्मको कहानी नै नबुझेको बताउँछन् ।

शर्मालाई कुन निर्देशकले कुन फिल्म बनाए, हलमा कुन फिल्म लागेको छ, सामाजिक संजालमा कुन फिल्मको चर्चा आइरहेको छ भन्ने सम्म पत्तो हुँदैन् रे ।

शर्माले जीवनसंगीनीलाई पनि आफ्नै लयमा ढालेका छन् रे पहिले–पहिले उनले फिल्म हेर्न जाउँ भनेपनि जान मन नगरेकाले आजभोली श्रीमतीले पनि फिल्म हेर्न जाउ भनेर पनि नभन्ने तथा फिल्म पनि बढी नर्हेने गरेको बताउँछन् । कामबाट बचेको समय छोराछोरीसँग खेल्ने गरेको बताउँछन् ।

वि.सं.२०७६ साउन १३ सोमवार ११:१३ मा प्रकाशित

चलचित्र ‘गुरुआमा’को टिजर सार्वजनिक, शिक्षकको त्याग र सम्मानको कथा पर्दामा

चलचित्र ‘गुरुआमा’को टिजर सार्वजनिक, शिक्षकको त्याग र सम्मानको कथा पर्दामा

काठमाडौं । निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले निर्माण गरेको...

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन...

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र...