Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

भारतले धौलीगंगाको बाँध खोल्दै, सतर्क रहन आग्रह



१३ साउन, काठमाडौँ । भारतले आज राती १२ बजेबाट महाकाली पारिको धौलीगंगा जलविद्युत परियोजनाको ड्यामबाट पानी खोल्दैछ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले ड्याम सोमबार रातिदेखि मंगलबार बेलुका ६.४५ बजेसम्म बाँध खोलिने जानकारी गराउँदै महाकाली नदिमा जलस्तर बढ्न सक्ने भन्दै पूर्वसूचना जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख शंकरबहादुर विष्टले महाकाली नदी तटका सबै बस्तिहरूलाई सतर्क रहन दुई दिनअघि नै पूर्वसूचना जारी गरेका थिए।

प्रमुख विष्टका अनुसार परियोजनाको ड्यामको सरसफाइ नियमित कार्यभित्र पर्ने हुँदा यसबाट खासै नेपाली भूमिमा असर नगर्ने भएपनि वर्षाको याम भएको हुँदा ब्यास गाउँपालिका वडा नं ५ धौलाकोट देखि लेकम गाउँपालिकाको लाली सम्मका महाकाली नदी किनार तटिय क्षेत्रका वासिन्दालाई पूर्व सर्तकता अपनाउन भनिएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले