back
CTIZAN AD

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

वि.सं.२०७६ साउन १३ सोमवार

1.1K 

shares

१३ साउन, काठमाडौँ । काठमाडौं, सुर्खेत, स्याङजा, मोरङ, बारा र सुनसरीका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, नागर्जुन नगरपालिका-४ बाफलस्थित चन्द्रागिरी नगरपालिका-६ घर भएका २४ सुजन खड्का समेत २ जनालाई नियन्त्रित लागूऔषध नोर्फिन ४५ एम्पुल, डाईजेपाम ४५ एम्पुल र फेनरागन ४५ एम्पुल सहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका१० स्थित मुस्कान अटो ग्यारेज संचालन गरी बस्ने २४ वर्षीय मनु राईलाई अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम २ सय मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

स्याङजा, वालिङ नगरपालिका-१० भकुण्डेस्थित स्याङ्जा भिरकोट नगरपालिका ५ बस्ने भिम बहादुर सेन सहित ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर १६ .५ ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको ना.६ ख १२६७ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी मोरङ, केराबारी गाउँपालिका१० बगैचास्थित सुन्दरहरैचा ८ बस्ने २१ वर्षीय अमित खवास समेत ५ जनालाई अवैध लागूऔषध गाँजा करिब १ केजी २ सय ५० ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै बारा, जितपुर सिमरा उपमहानगरपालिका२३ स्थित भारत घर भएका सलमगिर देवानलाई अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले पथलैयाबाट जितपुरतर्फ जाँदै गरेको ग.३ प ९०४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक देवानलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, बर्जु गाउँपालिका३ केशलिया खोला नजिकबाट भारत अरिया ग्रामपंचायत१२ बस्ने बिकेश कुमार रायलाई अवैध लागूऔषध गाँजा करिब १२ केजी सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमडुवा र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

वि.सं.२०७६ साउन १३ सोमवार १२:४६ मा प्रकाशित

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान...

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको...

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको...