
१३ साउन, काठमाडौँ । काठमाडौं, सुर्खेत, स्याङजा, मोरङ, बारा र सुनसरीका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, नागर्जुन नगरपालिका-४ बाफलस्थित चन्द्रागिरी नगरपालिका-६ घर भएका २४ सुजन खड्का समेत २ जनालाई नियन्त्रित लागूऔषध नोर्फिन ४५ एम्पुल, डाईजेपाम ४५ एम्पुल र फेनरागन ४५ एम्पुल सहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका१० स्थित मुस्कान अटो ग्यारेज संचालन गरी बस्ने २४ वर्षीय मनु राईलाई अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम २ सय मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
स्याङजा, वालिङ नगरपालिका-१० भकुण्डेस्थित स्याङ्जा भिरकोट नगरपालिका ५ बस्ने भिम बहादुर सेन सहित ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर १६ .५ ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको ना.६ ख १२६७ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी मोरङ, केराबारी गाउँपालिका१० बगैचास्थित सुन्दरहरैचा ८ बस्ने २१ वर्षीय अमित खवास समेत ५ जनालाई अवैध लागूऔषध गाँजा करिब १ केजी २ सय ५० ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै बारा, जितपुर सिमरा उपमहानगरपालिका२३ स्थित भारत घर भएका सलमगिर देवानलाई अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले पथलैयाबाट जितपुरतर्फ जाँदै गरेको ग.३ प ९०४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक देवानलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, बर्जु गाउँपालिका३ केशलिया खोला नजिकबाट भारत अरिया ग्रामपंचायत१२ बस्ने बिकेश कुमार रायलाई अवैध लागूऔषध गाँजा करिब १२ केजी सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमडुवा र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।