back
CTIZAN AD

समुदाय प्रहरी साझेदारी अन्तर्गत ‘प्रहरीसँग एक दिन’ कार्याक्रम सम्पन्न

वि.सं.२०७६ साउन १३ सोमवार

942 

shares

१३ साउन , कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘प्रहरीसँग एक दिन’ कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बालबालिकाहरुलाई प्रहरी कार्यालयमा ल्याई अन्तरक्रिया गर्दा समाजमा कुनै पनि घटना भएमा तुरुन्तै प्रहरी कार्यालयमा खबर गर्न सक्ने हुनेमा आफु विश्वस्त रहेको बताए ।

सो अवसरमा पोखरा महानगरपालिका-१० रामघाटस्थित मेट्रोपोलिटन एकेडेमी स्कूलका कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुलाई प्रहरी सेवा प्रवाहको प्रणाली, प्रहरी सेवाको किसिम र समुदाय-प्रहरी साझेदारी लगायतका अवधारणाका विषयमा प्रष्ट पार्नुका साथै जिल्ला प्रहरी कार्यालयका विभिन्न शाखाहरुको अवलोकन तथा उक्त शाखाहरुबाट प्राप्त गर्न सकिने प्रहरी सेवाको विषयमा समेत जानकारी गराइएको थियो ।

भोलिको समाजलाई दिशानिर्देश गर्ने आजका विद्यार्थी वर्गलाई उनीहरुको सामाजिक उत्तरदायित्वप्रति समेत जानकार बनाउने उद्देश्यले उपस्थित विद्यार्थीहरुसँग समाजमा शान्ति सुरक्षा कायम राख्न अन्य निकायको समन्वयकारी भूमिका विषयमा समेत चर्चा गरिएको थियो ।

वि.सं.२०७६ साउन १३ सोमवार १२:३९ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

पोखरा । कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...