Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

समुदाय प्रहरी साझेदारी अन्तर्गत ‘प्रहरीसँग एक दिन’ कार्याक्रम सम्पन्न



१३ साउन , कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘प्रहरीसँग एक दिन’ कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बालबालिकाहरुलाई प्रहरी कार्यालयमा ल्याई अन्तरक्रिया गर्दा समाजमा कुनै पनि घटना भएमा तुरुन्तै प्रहरी कार्यालयमा खबर गर्न सक्ने हुनेमा आफु विश्वस्त रहेको बताए ।

सो अवसरमा पोखरा महानगरपालिका-१० रामघाटस्थित मेट्रोपोलिटन एकेडेमी स्कूलका कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुलाई प्रहरी सेवा प्रवाहको प्रणाली, प्रहरी सेवाको किसिम र समुदाय-प्रहरी साझेदारी लगायतका अवधारणाका विषयमा प्रष्ट पार्नुका साथै जिल्ला प्रहरी कार्यालयका विभिन्न शाखाहरुको अवलोकन तथा उक्त शाखाहरुबाट प्राप्त गर्न सकिने प्रहरी सेवाको विषयमा समेत जानकारी गराइएको थियो ।

भोलिको समाजलाई दिशानिर्देश गर्ने आजका विद्यार्थी वर्गलाई उनीहरुको सामाजिक उत्तरदायित्वप्रति समेत जानकार बनाउने उद्देश्यले उपस्थित विद्यार्थीहरुसँग समाजमा शान्ति सुरक्षा कायम राख्न अन्य निकायको समन्वयकारी भूमिका विषयमा समेत चर्चा गरिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम