back

इमेलबाटै नेपालको प्रहरी चारित्रिक प्रमाणपत्रको लागि आवेदन दिन सकिने

वि.सं.२०७६ साउन १३ सोमवार

366 

shares
RBB AD
NTC AD

कतारमा कार्यरत कोही पनि नेपाली अब प्रहरी चारित्रिक प्रमाणपत्रका लागि नेपाल धाउनु नपर्ने भएको छ । दोहा कतारस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै कतारमा रहेका नेपालीहरु स्वयंले आफू रहे –बसेकै स्थानबाट प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिने जनाएको छ ।

प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न आवश्यक कागजात संलग्न गरी प्रहरीको ([email protected]) मा इमेल पठाउनु पर्दछ । उक्त इमेल प्राप्त भएपश्‍चात Criminal Record Check गरी नेपाल प्रहरीको सम्बन्धित शाखाले निवेदन प्राप्त भएको ३ कार्य दिन भित्र प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराउने सूचनामा जनाइएको छ ।

निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु: (Scanned Documents)
क) निवेदन फाराम (Download Here) https://cid.nepalpolice.gov.np/…/pcr-form-for-nepalease-out… 
ख) राहदानीको निम्न पृष्ठको प्रतिलिपी थान १/१:
• पृष्ठ नं. – २, ३ तथा ३१ ।
• अन्तिम पटक नेपाल छोड्दाको राहदानीमा Nepal Immigration ले लगाईदिएको Departure Stamp स्पष्ट भएको पृष्ठ ।
ग) नागरिकताको प्रतिलिपी थान १ ।
घ) विवाहित महिलाको हकमा विवाह दर्ता प्रतिलिपी थान १ ।
ङ) पासपोर्ट साइजको रंगीन फोटो । (Maximum Size up to 200Kb)

थप जानकारीका लागि नेपाल प्रहरीको इमेल [email protected] मा इमेल पठाउन वा +977 01 4412783 मा सम्पर्क गर्न सकिनेछ।

नेपाली राजदूतावास दोहामा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणिकरण गर्नका लागि संलग्न गर्नुपर्ने कागजातहरु  :
– निवेदन (राजदूतावासमा उपलब्ध रहेको) 
– इमेलमा प्राप्त भएको प्रहरी चारित्रिक प्रमाणपत्रको कलर प्रिन्ट – दुई प्रति 
– राहदानीको फोटोकपी-एक प्रति 
– कतारी आइ डीको फोटोकपी – एक प्रति 
– इमेलमा PCC प्राप्त भएको प्रमाण 
– राजस्व दर: कतारी रियाल १८५

यसअघि प्रहरी चारित्रिक प्रमाणपत्रका लागि आफन्तमार्फत निवेदन दिनुपर्ने र प्रमाणपत्र लिँदा आफै उपस्थित हुनुपर्ने अवस्थाबाट कतारमा कार्यरतलाई ठूलो राहत मिलेको छ ।

वि.सं.२०७६ साउन १३ सोमवार १२:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुरौदी फाँटमा आचार्यको व्यावसायिक कृषिकर्म

सुरौदी फाँटमा आचार्यको व्यावसायिक कृषिकर्म

गण्डकी । रोजगारीको खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएको वास्तविकतामा यहीँ...

राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन...

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

नेपालगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा...

प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव...

एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ परे ?

एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ परे ?

काठमाडौं । सरकारले एकैपटक ४८ जना उपसचिवको सरुवा गरेको छ...

अप्रिलमा मात्रै १ लाख बढी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

अप्रिलमा मात्रै १ लाख बढी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

काठमाडौँ । नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...