back
CTIZAN AD

इमेलबाटै नेपालको प्रहरी चारित्रिक प्रमाणपत्रको लागि आवेदन दिन सकिने

वि.सं.२०७६ साउन १३ सोमवार

1.8K 

shares

कतारमा कार्यरत कोही पनि नेपाली अब प्रहरी चारित्रिक प्रमाणपत्रका लागि नेपाल धाउनु नपर्ने भएको छ । दोहा कतारस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै कतारमा रहेका नेपालीहरु स्वयंले आफू रहे –बसेकै स्थानबाट प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिने जनाएको छ ।

प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न आवश्यक कागजात संलग्न गरी प्रहरीको (policereport@nepalpolice.gov.np) मा इमेल पठाउनु पर्दछ । उक्त इमेल प्राप्त भएपश्‍चात Criminal Record Check गरी नेपाल प्रहरीको सम्बन्धित शाखाले निवेदन प्राप्त भएको ३ कार्य दिन भित्र प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराउने सूचनामा जनाइएको छ ।

निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु: (Scanned Documents)
क) निवेदन फाराम (Download Here) https://cid.nepalpolice.gov.np/…/pcr-form-for-nepalease-out… 
ख) राहदानीको निम्न पृष्ठको प्रतिलिपी थान १/१:
• पृष्ठ नं. – २, ३ तथा ३१ ।
• अन्तिम पटक नेपाल छोड्दाको राहदानीमा Nepal Immigration ले लगाईदिएको Departure Stamp स्पष्ट भएको पृष्ठ ।
ग) नागरिकताको प्रतिलिपी थान १ ।
घ) विवाहित महिलाको हकमा विवाह दर्ता प्रतिलिपी थान १ ।
ङ) पासपोर्ट साइजको रंगीन फोटो । (Maximum Size up to 200Kb)

थप जानकारीका लागि नेपाल प्रहरीको इमेल chalchalan@nepalpolice.gov.np मा इमेल पठाउन वा +977 01 4412783 मा सम्पर्क गर्न सकिनेछ।

नेपाली राजदूतावास दोहामा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणिकरण गर्नका लागि संलग्न गर्नुपर्ने कागजातहरु  :
– निवेदन (राजदूतावासमा उपलब्ध रहेको) 
– इमेलमा प्राप्त भएको प्रहरी चारित्रिक प्रमाणपत्रको कलर प्रिन्ट – दुई प्रति 
– राहदानीको फोटोकपी-एक प्रति 
– कतारी आइ डीको फोटोकपी – एक प्रति 
– इमेलमा PCC प्राप्त भएको प्रमाण 
– राजस्व दर: कतारी रियाल १८५

यसअघि प्रहरी चारित्रिक प्रमाणपत्रका लागि आफन्तमार्फत निवेदन दिनुपर्ने र प्रमाणपत्र लिँदा आफै उपस्थित हुनुपर्ने अवस्थाबाट कतारमा कार्यरतलाई ठूलो राहत मिलेको छ ।

वि.सं.२०७६ साउन १३ सोमवार १२:२३ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...