back
CTIZAN AD

डा. ओममुर्ति अनिल भन्छन्–यी ५ उपायबाट घटाउन सकिन्छ मधुमेह

वि.सं.२०७६ साउन १३ सोमवार

1.9K 

shares

वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर ओममुर्ति अनिलले विभिन्न उपाय अपनाएर मधुमेहको जोखिमबाट बच्न सकिने बताएका छन् ।

उनले मधुमेहको जोखिमबाट बच्नका लागि ५ उपाय सुझाएका छन् । यदि तपाईपनि मधुमेहको जोखिममा हुनुहुन्छ भने आउनुहोस् जानौं कसरी बच्न सकिन्छ त यसका जोखिमबाट ?

तौल नियन्त्रण–जसको तौल बढी छ, उसलाई मधुमेह लाग्ने खतरा बढी हुन्छ । कहिलेकाँही मोटो मान्छेको पनि सुगर जाँचगर्दा नर्मल भएको पाइएको र अधिकांश मानिसहरु मलाई सुगर छैन भनेर दंग पर्छन् । तर, भविष्यमा उसलाई कुनै न कुनैबेला मधुमेह रोग लाग्ने हुनाले तौल नियन्त्रण गर्न जरुरी छ । मोटोपना भएको व्यक्तिलाई मधुमेहको उच्च जोखिम रहेको कुरा साइन्सले पनि प्रुफ गरेको छ ।

अधिकांश व्यक्तिहरु जव ३० वर्ष पूरा गर्छन्, त्यसपछि वजन बढ्दै जान्छ । त्यसैगरी महिलाहरुमा पनि पहिलो बच्चा जन्मिएपछि तौल बढ्दै जान्छ । यसरी बढेको तौललाई कम गर्न सकेनौ भने मधुमेहको जोखिम बढ्दै जान्छ । साथै एक महिनामै ४–५ किलो तौल बढ्नुपनि मधुमेहको जोखिम बढिरहेको भनेर बुभ्mनुपर्ने हुन्छ । त्यस्तै यदि बोर्डर लाइनमा सुगर छ भने, तौल नियन्त्रण गरेर मधुमेहबाट बच्न सकिन्छ ।

शारिरीक गतिबिधि बढाउन जरुरी-त्यस्तै दोश्रो महत्वपूर्ण कुरामा शारिरीक गतिबिधिमा ध्यान दिनु जरुरी हुन्छ । शारिरीक रुपमा निस्क्रिय हुने व्यक्तिलाई मधुमेह लाग्ने सम्भावना बढी हुन्छ । मोटोपना नभए पनि यदि तपाई निस्क्रिय हुनुहुन्छ र दैनिक शारीरिक गतिबिधिमा ध्यान दिनु भएको छैन भने तपाईलाई मधुमेह लाग्ने सम्भावना बढी हुन्छ ।

एउटा स्वस्थ्य व्यक्तिले दिनमा कम्तिमा ३० मिनेट अर्थात् छिटो छिटो प्रतिदिन ३ किलो मिटर हिँडेकै हुनुपर्छ । धेरै मानिसहरु घरमै बसेर शारीरिक गतिबिधि गर्ने तथा मर्निङ वा इभिनिङ वाल्क नगरेको पाइन्छ । यसमा विशेष गरेर गृहिणीहरु पर्छन् । त्यस्त व्यक्तिहरुलाई पनि सुगरको जोखिम हुन्छ । त्यसैले दैनिक आधा घण्टा वा एक घण्टा हिड्नु जरुरी हुन्छ ।

स्वस्थ्य आहारको सेवन–हाम्रो समाजमा भात धेरै खाने चलन छ । भातमा काब्रोहाड्रेड बढी हुने भएकोले यसले मधुमेह मात्र नभएर भविष्यमा अन्य रोग पनि निम्त्याउँछ । त्यस्तै मिठाईलगायत अन्य क्यालोरी भएको खानेकुराले भविष्यमा मुटु र रक्तनली सम्बन्धी रोगहरुको जोखिममा पार्छ । त्यस्तै फास्टफुड, चिल्लो खानेकुरा, तारेको खानेकुरा, एनिमल प्रोडक्टमा पनि फ्याट बढी हुने र त्यस्ता खानेकुराहरु पनि नियन्त्रण गर्न जरुरी हुन्छ । त्यस्तै फलफूल र सागसब्जीको बढी प्रयोगले मधुमेहको सम्भावनालाई घटाउछ ।

मदिरापान–त्यस्तै अत्यधिक मदिरा सेवनले पनि मधुमेहको जोखिममा पार्छ । मदिरामा क्यालोरी बढी हुनाले यदि कोही व्यक्ति नियमित मदिरापान गर्छ भने, त्यसले मोटोपना बढ्ने र मधुमेहको जोखिम बढ्ने हुन्छ ।

मधुमेहको नियमित जाँच गराउनुहोस्–मधुमेहको नियमित जाँच गराउनु सुगरको जोखिमबाट बच्न सकिन्छ । सुगर जाँच गराउँदा फास्टिङमा (खाना भन्दा पहिले) को सुगर जाँचमा सुगरेको लेवल सय भन्दा मुनि हुनुपर्छ भने १२५ लाई बोर्डरलाईन भनिन्छ भने १२६ देखि मधुमेहको सुरुवात भएको मानिन्छ । कहिलेकाँही फास्टिङ टेस्ट रिलायवल नहुने र सुगरको मात्रा कम वा बढी देखाउने गर्छ । यस्तो अवस्थामा एचविएवानसी को जाँच गरेर मधुमेहको कति जोखिममा हुनुहुन्छ भनेर पत्ता लगाउन सकिन्छ । यो जाँच गराउनु जरुरी हुने र यसको सुरुवात आजैबाट गर्नपनि सकिन्छ ।

त्यस्तै अर्कोकुरा कोही मानिसहरु बाथ, प्रेसर लगायतका रोगको औषधिहरु खाइरहेका हुन्छन् । त्यो औषधिको प्रयोग गर्दा पनि सुगर बढ्ने सम्भावना देखिन्छ । त्यसकारण नियमित सुगरको जाँच गरिरहेका छौं भने, हामीलाई थाहा हुन्छ कि हाम्रो जीवनशैलीमा कति परिवर्तन गर्न जरुरी छ भनेर । अन्तराष्ट्रिय मापदण्ड अनुसार २० वर्षपछि हरेक मानिसले मधुमेहको परीक्षण समय समयमा गराउनु पर्दछ ।

वि.सं.२०७६ साउन १३ सोमवार १२:१७ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...