back
CTIZAN AD

ईशान प्रसाईको सम्झनामा म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०७६ साउन १४ मंगलवार

1.2K 

shares

१४ साउन, काठमाण्डौं । ईशान प्रसाई मेमोरियल ट्रष्टले ईसान प्रसाईको सम्झनामा ‘न बचाउन सके’ नामक म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

राजधानीमा सोमबार आयोजित ‘न बचाउन सके’ नामक म्युजिक भिडियो को कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई लगायतका अतिथिहरुबाट सार्वजनिक गरेको हो । ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) आयरल्याण्डका पूर्वअध्यक्ष, नेपालका लागि आयरल्याण्डका पर्यटनदूत, समाजसेवी तथा व्यवसायी गणेश प्रसाईका जेठा छोरा स्वर्गीय ईशान प्रसाईको २०७४ साउन १३ गते १९ वर्षको अल्पायुमै निधन भएको थियो । प्रसाईको मृत्युपछि उनकै नाममा स्थापना गरिएको ट्रष्टले ईशानको सम्झनामा उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि तथा मुख्यमन्त्री शेरधन राईले ईशान प्रसाइजस्तो होनहार युवा गुमाउनु परेकोमा देशलाई नै क्षति पुगेको बताउँदै ईसान मेमोरियल ट्रष्टले देशभरी रहेका हजारौं ट्रष्टमा एउटा अर्को नाम थप्ने काम मात्र नभएर देशकै नमुना ट्रष्टको रुपमा काम गरेर उदाहरणीय बनोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

मुख्यमन्त्री राईले ईशानको अधुरा र अपुरा रहेका सपना पूरा गर्ने जिम्मेवारी ट्रष्टको रहेको बताउँदै ईसानका बाबु गणेश प्रसाई सदैव देशको लागि केही गरौं भनेर चिन्तित रहने व्यक्तित्व रहेको पनि बताए ।

त्यसैगरी कार्यक्रममा ईशानका बाबु गणेश प्रसाईले पेट दुख्यो भनेको छोरालाई उपचारका लागि ग्राण्डीमा अस्पतालमा पुर्याएको ३६ घण्टामै छोरा गुमाउनु परेको पीडा व्यक्त गर्दै ट्रष्टमार्फत् ईशानले देखेको सपना पूरा गर्ने बताए । उनले ईसानको ईच्छा म्युजिक क्षेत्रमा लाग्ने रहेकोले म्युजिक क्षेत्रमा लागेका र आर्थिक भाव भोगेका तथा गरिवीको कारण शिक्षा लिन नपाएका बालबालिकाका लागि ट्रष्टले सहयोग गर्ने बताउँदै ट्रष्टमा अहिलेसम्म झण्डै ३३ लाख रुपैयाँ भन्दा बढी रकम संकलन रहेको बताएका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष देवमान हिराचनले ईशानको भौतिक शरीर यहाँ नभएपनि आत्मा यहि रहेको बताए । उनले मान्छे जन्मनु मात्र महत्वपूर्ण नरहेको र उसले समाज र राष्ट्रलाई गरेको योगदान महत्वपूर्ण हुने बताए । हिराचनले ईशानको नाममा खोलिएको ट्रष्टरुपी रुखले विगतमा झांगिएर सबैलाई ओत र छहारी देओस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

सोहि अवसरमा कलाकारको तर्फबाट मनोज गजुरेलले बोलेका थिए भने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष रमेश पौडेल, पूर्वएआइजी भिष्म प्रसाई, दिक्षा चापागाईँ, प्रसाई ट्रष्टका अध्यक्ष कृष्ण प्रसाईँलगायतले ट्रष्टको आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा ट्रष्टद्धारा प्रकाशित पुस्तकको बिमोचन समेत गरिएको थियो । आयरल्याण्डका राष्ट्रपति तथा कवि Michel D.Higgins द्धारा लेखिएको आइरिस कविता, उनको जीवनी लगायतका लेखहरु समावेश भएको नेपाली र अंग्रेजी अनुवादको संग्रह सार्वजनिक गरिएको थियो । पुस्तकको नेपाली र अंग्रेजी अनुवाद बेलायतका लागि नेपाली राजदूत तथा साहित्कार डा.दुर्गा बहादुर क्षेत्री (दुवसु) ले गरेका हुन् भने इशान मेमोरियल ट्रष्ट प्रकाशक रहेको छ ।

ट्रष्टका अध्यक्ष पुष्पराज कोईरालाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए स्कटल्याण्डका सदस्य दुष्यन्त भट्टराईको स्वागत मन्तव्य रहेको थियो ।

सोहि अवसरमा मुख्यमन्त्री राई र ईशानका हजुरबुबाको हातबाट ‘न बचाउन सके’ म्युजिक भिडियोका निर्देशक तथा कलाकारहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । दुर्गा प्रसाद रिमालको शब्द रहेको उक्त गीतमा तुलशी शिवाकोटीको स्वर रहेको छ ।

स्मरण रहोस्, आयरल्याण्डमा बाबुआमासँगै बस्दै आएका ईशान बिदा मनाउन नेपाल आएका बेला पेटदुख्यो भनेर आत्तिएका थिए । उनलाई उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो । अस्पताल लगेको ३६ घण्टामै १९ वर्षीया ईशानको निधन भएको थियो ।

वि.सं.२०७६ साउन १४ मंगलवार ०९:१८ मा प्रकाशित

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको...

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधान...

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली (तनहुँ) । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन...

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण आफन्तजन हराइरहेका...

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

काठमाडौं । रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम...

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...