back
CTIZAN AD

कमजोर हुने डरले, महिला रक्तदाता न्यून

वि.सं.२०७६ साउन १४ मंगलवार

864 

shares


१४ साउन, काठमाडौँ । नेपालमा अझै महिला रक्तदाताको सङ्ख्या न्यून रहेको छ । रक्तदान गर्दा कमजोर भइन्छ’ भन्ने मानसिकताले पुरुषको तुलनामा महिला रक्तदाताको सङ्ख्यामा सुधार हुन नसकेको हो ।

रक्तसञ्चार सेवा केन्द्रले आव २०७५÷७६ मा ५५ हजार ९५३ युनिट रगत सङ्कलन गरेकोमा ४६ हजार ४०५ युनिट पुरुषको र नौ हजार ५४८ युनिट महिलाको थियो । सङ्कलित कूल रगतमध्ये महिलाको रगत १७ दशमलव ०७ प्रतिशत हो ।

केन्द्रका प्रमुख डा मनिता राजकर्णिकार रक्तदानबारे महिलाको बुझाइमा सुधार हुँदै गएको बताउँछिन् । “सचेतनाका कार्यक्रम थप विस्तार गर्नुपर्छ”, उनको सुझाव छ । देशभर सङ्कलन गरेको रगत र रक्ततत्वमध्ये महिला रक्तदाताको सङ्ख्या १६ प्रतिशत पुगेको छ । नेपालभर दुई लाख ७१ हजार ९२२ युनिट रगत सङ्कलन गरी तीन लाख ४५ हजार १५१ रक्ततत्व वितरण भएको थियो ।

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्र हाल ७३ जिल्लाका १०८ स्थानमा छ । सङ्कलित रगतमा एचआइभी, हेपाटाइटिस बी, सी र सिफलिस जीवाणु भेटिनेक्रम घट्दो रहेको केन्द्रले जनाएको छ । गत वर्ष सङ्कलित रगतमध्ये एचआइभी ११३, हेपाटाइटिस बी ७००, सी ४२४ र सिफलिस १२२० जीवाणु भेटिएको थियो । “रक्तसञ्चार सेवा केन्द्रबाट सङकलन गरिएका सबै रगतमा ती जीवाणु भेटिने क्रम कम हुँदै गएको छ”, प्रमुख डा राजकर्णिकार बताउँछन् ।

विसं २०२३ साउन १२ गतेदेखि केन्द्र सञ्चालनमा आएको हो । पहिलो वर्ष १५७ युनिट रगत सङ्कलन भएको थियो । शुरुमा पेशेवर व्यक्तिबाट रगत सङ्कलन गरी वितरण हुने गरेको थियो । विसं २०३९ देखि रगत किनबेच अन्त्य गरी स्वयंसेवी रक्तदाताबाट रगत सङ्कलन कार्य हुँदै आएको छ ।

गोर्खा भूकम्पले प्रदर्शनी मार्गस्थित केन्द्रको भवन पूर्ण क्षति भएपछि सोही स्थानमा अत्याधुनिक भवन निर्माण कार्य जारी रहेको छ । हाल बालकुमारीस्थित आकस्मिक रक्तसञ्चार भवन र नेपाल रेडक्रसको केन्द्रीय कार्यालय ताहाचलबाट सेवा प्रदान भइराखेको छ । रगतको बढ्दो मागलाई ध्यानमा दिई ठूला अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै रक्तसञ्चार सेवा सञ्चालनमा ल्याएका छन् । क्यान्सर, आकस्मिक दुर्घटना, प्रसूति तथा हेमोफिलियाका रोगीका लागि बढी रगत र रगतको तत्व आवश्यक पर्दछ । (रासस)

वि.सं.२०७६ साउन १४ मंगलवार १४:३७ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...