Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

कलेजको नाम इन्टरनेसनल राख्न नपाउने व्यवस्था गर्न अनेरास्ववीयु क्रान्तिकारीको माग



१४ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले कलेजहरुले इन्टरनेसनल नाम राख्न नपाउने नियम बनाउन सरकारसँग माग गरेको छ ।

अनेरास्वीयु क्रान्तिकारीले प्रेस विज्ञप्ती जारी गर्दै १ प्रतिशत न्यूनतम विदेशी विद्यार्थीहरु अध्ययन गरेको खण्डमा इन्टरनेशनल नाम राख्न पाउने भए पनि फेसनको रुपमा इन्टरनेसनल नाम राख्ने गरिएको भन्दै तत्काल हटाउनको लागि जोडदार माग गरिएको छ ।

विज्ञप्तीमा निजी शैक्षिक संस्थाहरुले कक्षा ११ र १२ मा मनपरि ढंगले शुल्क असुल्ने गरेको प्रति गम्भिर आपत्ति जनाउँदै वैज्ञानिक शुल्क तोक्न सरकारसँग माग गरेको छ । सरकारले १ देखि ८ सम्म आधारभूत शिक्षा, ९ देखि १२ माध्यमिक शिक्षाको रुपमा कार्यान्वयन गरिसकेको अवस्थामा १ देखि १० कक्षासम्मको शुल्क तोकिए पनि ११ र १२ को शुल्क नतोकिनुले सरकार गैह्र जिम्मवार रहेको आरोप पनि विज्ञप्तीमा लगाइएको छ ।

त्यसैगरी १० प्रतिशत छात्रवृत्तिलाई बढाएर २५ प्रतिशत बनाइ पारदर्शी बनाउन माग गरिएको छ । साथै चोक–चोकमा अनावश्यक प्रतिस्पर्धात्मक रुपमा होर्डिङबोर्डहरु राख्ने कार्यलाई पनि बन्द गर्न भनिएको छ ।

विगतमा हाम्रो संगठनसँग गरिएको १३ बुँदे सम्झौतालाई अक्षरशः कार्यान्वयन गर्न, सी.टी.ई.भी.टी., इन्जिनियरिङ र मेडिकल शिक्षामा निजी कलेजहरुले मनोमानी विद्यार्थीहरुसँग ढंगले चर्को शुल्क असुल गरिरहेको रकम तत्काल फिर्ता गर्न लगायतको माग गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ