back
CTIZAN AD

कलेजको नाम इन्टरनेसनल राख्न नपाउने व्यवस्था गर्न अनेरास्ववीयु क्रान्तिकारीको माग

वि.सं.२०७६ साउन १४ मंगलवार

1.1K 

shares

१४ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले कलेजहरुले इन्टरनेसनल नाम राख्न नपाउने नियम बनाउन सरकारसँग माग गरेको छ ।

अनेरास्वीयु क्रान्तिकारीले प्रेस विज्ञप्ती जारी गर्दै १ प्रतिशत न्यूनतम विदेशी विद्यार्थीहरु अध्ययन गरेको खण्डमा इन्टरनेशनल नाम राख्न पाउने भए पनि फेसनको रुपमा इन्टरनेसनल नाम राख्ने गरिएको भन्दै तत्काल हटाउनको लागि जोडदार माग गरिएको छ ।

विज्ञप्तीमा निजी शैक्षिक संस्थाहरुले कक्षा ११ र १२ मा मनपरि ढंगले शुल्क असुल्ने गरेको प्रति गम्भिर आपत्ति जनाउँदै वैज्ञानिक शुल्क तोक्न सरकारसँग माग गरेको छ । सरकारले १ देखि ८ सम्म आधारभूत शिक्षा, ९ देखि १२ माध्यमिक शिक्षाको रुपमा कार्यान्वयन गरिसकेको अवस्थामा १ देखि १० कक्षासम्मको शुल्क तोकिए पनि ११ र १२ को शुल्क नतोकिनुले सरकार गैह्र जिम्मवार रहेको आरोप पनि विज्ञप्तीमा लगाइएको छ ।

त्यसैगरी १० प्रतिशत छात्रवृत्तिलाई बढाएर २५ प्रतिशत बनाइ पारदर्शी बनाउन माग गरिएको छ । साथै चोक–चोकमा अनावश्यक प्रतिस्पर्धात्मक रुपमा होर्डिङबोर्डहरु राख्ने कार्यलाई पनि बन्द गर्न भनिएको छ ।

विगतमा हाम्रो संगठनसँग गरिएको १३ बुँदे सम्झौतालाई अक्षरशः कार्यान्वयन गर्न, सी.टी.ई.भी.टी., इन्जिनियरिङ र मेडिकल शिक्षामा निजी कलेजहरुले मनोमानी विद्यार्थीहरुसँग ढंगले चर्को शुल्क असुल गरिरहेको रकम तत्काल फिर्ता गर्न लगायतको माग गरिएको छ ।

वि.सं.२०७६ साउन १४ मंगलवार १४:२९ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...