back
CTIZAN AD

अवैध लागूऔषध सहित पक्राउ

वि.सं.२०७६ साउन १४ मंगलवार

729 

shares

१४ साउन,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ सय ४९ ग्राम सहित राहदानी नम्बर ५५४०६४३९८ वाहक वेलायती नागरिक इयान जर्ज पाउललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

थाईलायोनको उडानद्वारा काठमाडौंबाट बैंककतर्फ जान लागेका उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान हेण्डब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको ब्यागमा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।

 इयानलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङ बसपार्क बस्ने भारत मोतिहारी-३ रक्सौल घर भएका  भुलन भन्ने रोशन कुमार गुप्तालाई नियन्त्रित लागूऔषध फेनरागन २ सय ८० एम्पुल, नोर्फिन २ सय ८० एम्पुल र डाईजेपाम २ सय ८० एम्पुल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तैललितपुर, ललितपुर महानगरपालिका-१३ रानीबुबाट नियन्त्रित लागूऔषध नोर्फिन १ सय एम्पुल, फेनारगन ९९ एम्पुल र डाईजेपाम १ सय एम्पुल सहित ललितपुर एकान्तकुना बस्ने रुकुम घर भएका २३ वर्षीय संगम बुढा र ललितपुर भैंसेपाटी बस्ने ओखलढुङ्गा घर भएका  कृष्ण श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले प्रदेश नम्बर ३(०२(००१ प १४४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, ईटहरी उपमहानगरपालिका-४ मनकामना टोल बस्ने २५ वर्षीय सौगात राईलाई अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम १ सय ८० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  बताइएको छ ।

वि.सं.२०७६ साउन १४ मंगलवार १४:४३ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट...

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौँ । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि...