back

के के छन् पूर्वसभामुख नेम्वाङका २४ योजना ?

वि.सं.२०७३ मंसिर ६ सोमवार

375 

shares
NTC AD

subash-nemwang

६ मङ्सिर,इलाम । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत इलाम क्षेत्र नं २ का सांसद तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले जिल्ला विकास समितिमा आफ्नो निर्वाचन क्षेत्रमा २४ वटा योजना पेस गर्नुभएको छ ।

आव ०७३÷०७४ का लागि सरकारको बजेट वक्तव्यमा व्यवस्था गरे अनुसार प्रत्येक निर्वाचन क्षेत्रका निर्वाचत सांसदका लागि रु तीन करोडका दरले सरकारले दिने व्यवस्था भए बमोजिम निर्वाचित सांसद नेम्वाङले बजेट कार्यान्वयनका निम्ति २४ वटा योजना पेस गर्नुभएको हो ।

उहाँले जिल्लाको पश्चिमी क्षेत्रका आमचोक, फुएतप्पा, लुम्दे, गजुरमुखी इभाङको ग्रामीण विद्युतीकरणका लागि रु ५० लाख विनियोजन गर्नुभएको छ । बाँझो–२, चुलाचुली–८ र साकफाराको तोरीबारीको विद्युतीकरणमा रु १५ लाख विनियोजन गर्नुभएको छ । त्यसबाहेक उहाँको रोजाइमा परेको धेरै सडकमा रु १० लाख विनियोजन भएका छन् । केही सडक मर्मतमा रु १५ लाख छुट्याइएको छ ।

जीतपुर–आमबोटे–देनपा जोड्ने सडकका लागि रु १० लाख, प्रहरी चौकीको भान्साघर निर्माणका लागि रु १४ लाख, एकतप्पा–९ रुपटारमा निर्माणाधीन किराँत हाङसाम माङहिम (मन्दिर) निर्माणका लागि रु १० लाख, मङ्गलबारे बहुमुखी क्याम्पसको भौतिक निर्माणका लागि रु ११ लाख बजेट विनियोजन गर्नुभएको छ । योजना छनोट गर्दा अधिकांश सांसदको रोजाइमा सडकनै पर्ने गरेको छ । रासस

वि.सं.२०७३ मंसिर ६ सोमवार ०६:२८ मा प्रकाशित

ADBL AD
मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

सुर्खेत । दैलेखको गुराँस गाउँपालिका–४ डबलगैरामा मिनीबस दुर्घटना हुँदा एक...

सुक्खा पहिरो खसेसँगै बिपी राजमार्ग पुनःअवरुद्ध, सडक सञ्चालनको प्रयास जारी

सुक्खा पहिरो खसेसँगै बिपी राजमार्ग पुनःअवरुद्ध, सडक सञ्चालनको प्रयास जारी

धुलिखेल । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ पिप्लेमा पुनः पहिरो...

प्रधानन्यायाधीश राउत क्वालालम्पुरमा

प्रधानन्यायाधीश राउत क्वालालम्पुरमा

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि यही असोज २८...

सुक्खा पहिरो गएपछि राजमार्ग अवरुद्ध

सुक्खा पहिरो गएपछि राजमार्ग अवरुद्ध

कटारी (उदयपुर) । सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी...

चाडपर्वमा चिनीको अभाव हुँदैन : साल्टट्रेडिङ

चाडपर्वमा चिनीको अभाव हुँदैन : साल्टट्रेडिङ

काठमाडौं । साल्टट्रेडिङ कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई...

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

बनियानी (झापा) । झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल...